सन् २०१७ देखि काठमाडौंमा ‘स्टारवुड’को सेवा

November 24, 2014
 छायाँदेवी कम्प्लेक्ससँग आज सम्झौता
मङ्सिर ७, काठमाडौं । स्टारवुड होटल एण्ड रिसोर्ट वल्र्डवाइड, आईएनसीले सन् २०१७ जुलाई १ देखि नेपालमा अलप्mट ब्राण्डमा पाँचतारे होटल सञ्चालनमा ल्याउने भएको छ । नेपालमा आप्mनो दोस्रो ब्राण्डका रूपमा स्टारवुडले ‘छायाँदेवी कम्प्लेक्स प्रालि’को स्वामित्वमा ठमेलमा निर्माणाधीन पाँचतारे होटललाई ‘अलप्mट काठमाडौं होटल’को नामबाट सञ्चालनमा ल्याउने भएको हो । उक्त होटलको व्यवस्थापन अलप्mटले लिने सम्बन्धमा छायाँदेवी कम्प्लेक्स व्यवस्थापन र स्टारवुडबीच सोमवार सम्झौता हुँदै छ ।

यसअघि कान्तिपथमा बन्ने शेराटन काठमाडौं होटलको व्यवस्थापन गर्ने सम्बन्धमा पनि लगानीकर्ता एमआईटी ग्रूप होल्डिङ्स र स्टारवुडबीच सम्झौता भइसकेको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेको लगानीमा निर्माण हुने सो होटल सन् २०१८ फेब्रुअरी १ देखि सञ्चालनमा आउने स्टारवुडले आप्mनो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ ।

स्टारवुडले यी दुई होटलको ब्राण्डिङ र व्यवस्थापनको सम्पूर्ण जिम्मा लिँदै छ । त्यसमध्ये अलप्mट काठमाडौं होटलमा १ सय ७५ ओटा कोठा रहने स्टारवुडले जानकारी दिएको छ । होटल अत्याधुनिक प्रविधि र सामाजिक वातानुकूलित हुने उल्लेख छ । १५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छायाँदेवी कम्प्लेक्समा १५ तला रहनेछन् । त्यहाँ पाँचतारे होटलसँगै २ सय ५० भन्दा बढी पसल, रेष्टुराँ, पाँचओटा सम्मेलन हल, तीनओटा सिनेमा हल तथा पूmड कोर्टसमेत रहने बताइएको छ ।

स्टारवुडको मुख्यालय भारत सर्दै
काठमाडौंमा निर्माणाधीन दुईओटा पाँचतारे होटलको व्यवस्थापक स्टारवुडले १ महीनाका लागि आप्mनो मुख्यालय अमेरिकाबाट भारत सार्ने भएको छ । स्टारवुडले सन् २०१५ को मार्च महीनाका लागि मुख्यालय भारतको नयाँ दिल्ली र मुम्बईमा रहने सार्वजनिक गरेको छ । सो समयमा स्टारवुडका अध्यक्ष तथा सीईओ फ्रिट्स भान पाशेनसहित मुख्य अधिकारीहरूले यी दुई शहरमा बाँडिएर काम गर्ने बताइएको छ । आप्mनो ब्राण्ड लोकप्रिय रहेका विभिन्न शहर र देशमा स्टारवुडले छोटो समयका लागि मुख्यालय सार्दै आएको छ ।

यसअघि स्टारवुडले सन् २०११ मा चीन र सन् २०१३ मा दुबई (संयुक्त अरब इमिरेट्स) मा मुख्यालय सारेको थियो । यस कार्यबाट मुख्यमुख्य देश र शहरहरूमा कम्पनी लोकप्रिय हुनुका साथै सो क्षेत्रका हस्पिटालिटी व्यवसायका लगानीकर्ता, एशोसिएट सदस्य र ग्राहकसँग नजिक हुन सहयोग गर्ने बताइएको छ । ‘विश्वव्यापी बजार तीव्र गतिमा अगाडि बढिरहेको छ,’ सीईओ पाशेनले भनेका छन्, ‘यो समय नयाँनयाँ गन्तव्यको खोजी गर्नु आवश्यक छ ।’ स्टारवुडले विभिन्न ९ ब्राण्डबाट १ सयभन्दा बढी मुलुकमा हस्पिटालिटी सेवा दिँदै आएको छ । स्टारवुडले हाल अलप्mट होटल्स, इलिमेण्ट, फोर प्वाइण्ट बाई शेराटन, ल मेरिडियन, शेराटन, सेण्ट रेगिज, द लक्जरी कलेक्शन, डब्ल्यू होटल्स र ‘वेष्टिन’ ब्राण्डबाट विश्वभर हस्पिटालिटी सेवा उपलब्ध गराइरहेको छ ।

दक्षिण एशिया केन्द्रमा
भारतमा रहँदा स्टारवुडले दक्षिण एशियाली मुलुकमा लगानीका नयाँ क्षेत्रहरूबारे अध्ययन गर्ने बताएको छ । यस क्रममा नेपाल, भुटान, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्स केन्द्रमा रहनेछन् । यसबाहेक स्टारवुडले भारतकै बैङ्गलोर, चेन्नई, हैदरावाद, पुने, कोचीलगायत शहरमा पनि सम्भाव्यता अध्ययन गर्नेछ । स्टारवुडका प्रतिनिधिले चुनिएका यी क्षेत्रमा रहेका लगानीकर्ता, भावी डेभलपर्स, सहयोगी र ग्राहकसँग भेट गर्ने बताइएको छ ।

पाशेनका अनुसार दक्षिण एशिया स्टारवुडका लागि ‘होम बेस मार्केट’ हो, जहाँ स्टारवुडका विभिन्न ब्राण्डअन्तर्गत बन्दै गरेका नयाँ होटलमध्ये ५ घण्टाको उडानभित्र ४० प्रतिशत होटल रहनेछन् । स्टारवुडले यस वर्ष मात्र काठमाडौंसहित दक्षिण एशियामा सातओटा नयाँ होटल सञ्चालन गर्ने सम्बन्धमा हस्ताक्षर भएको बताएको छ । दक्षिण एशिया पर्यटक आगमनका दृष्टिले छिटो प्रगति गरिरहेका क्षेत्रमध्ये विश्वमै दोस्रो मानिन्छ ।

Comments