December 28, 2014
नयाँ गन्तव्यमा जानुपर्छ : निजी व्यवसायी
पुस
१२, काठमाडौं । नेपाल पर्यटन बोर्डमा आर्थिक अनियमितताको विवाद देखिएसँगै
सेलाएको अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन कार्य पुनः शुरू हुन थालेको छ ।
छानबिनपछि नियमित काम शुरू भएसँगै बोर्ड आफ्नो मुख्य जिम्मेवारीमा सक्रिय
हुन थालेको बोर्डका अधिकारीहरू बताउँछन् । बोर्डले चालू आर्थिक वर्ष
२०७१/७२ को नीति तथा कार्यक्रममा अन्तरराष्ट्रिय प्रवर्द्धनलाई प्राथमिकता
दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।
विगतमा नियमित भाग लिइरहेका ट्राभल मार्टहरूमा निजीक्षेत्रका व्यावसायिक सङ्घसंस्थाको सहभागितामा बोर्डले अन्तरराष्ट्रिय प्रवद्र्धन शुरू गर्न लागेको हो । आगामी जनवरीभित्र कुल ६ ओटा अन्तरराष्ट्रिय ‘ट्राभल ट्रेड फेयर’मा नेपाल सहभागी हुने बोर्डले जानकारी दिएको छ । निजीक्षेत्रका व्यवसायीले पनि बोर्ड अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने बताउँदै आएका छन् ।
बोर्डले प्रवद्र्धन कार्य शुरू गरे पनि बजेट र नीति तथा कार्यक्रम भने अहिलेसम्म पारित गर्न सकेको छैन । त्यसो भए पनि बोर्ड अध्यक्षको स्वीकृतिमा आवश्यक रकम निकासा गरेर प्रवद्र्धनका लागि रकम छुट्ट्याइने बोर्डले बताएको छ । बोर्डको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

नेपालले जनवरीको अन्त्यमा स्पेनको म्याड्रिडमा आयोजना हुने ‘फिटूर’ मेलामा भाग लिँदै छ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का निवर्तमान अध्यक्ष पवित्रकुमार कार्कीका अनुसार सो मेलामा सहभागिताका लागि बोर्डले नाट्टासँग समन्वय गर्दै छ । त्यसबाहेक नेदरल्याण्डमा हुने एक र भारतमा हुने तीनओटा ट्रेड फेयरमा भाग लिने नेपालको तयारी छ ।
‘निजीक्षेत्रको सक्रियतामा हुने अन्तरराष्ट्रिय प्रवद्र्धन कहिले पनि रोकिएको थिएन,’ कार्कीले भने, ‘हाम्रो माग सरकार आफै सक्रिय हुनुपर्छ भन्ने हो ।’ निजी पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय प्रवद्र्धनका लागि नयाँनयाँ गन्तव्यमा जानुपर्ने माग गर्दै आएका छन् । ‘पर्यटक सङ्ख्या बढाउने हो भने प्रवद्र्धनको दायरा विस्तार गर्नुपर्छ,’ उनले भने ।
राज्यले सन् २०२० सम्म वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित ‘पर्यटन भिजन–२०२०’ सार्वजनिक गरेको छ । सो लक्ष्य पूरा गर्न अन्तरराष्ट्रिय प्रवद्र्धन फराकिलो र बलियो हुनुपर्ने व्यवसायीहरूको माग छ । राज्यको सोही लक्ष्य पूरा गर्न निजीक्षेत्रको भूमिका स्पष्ट पार्ने उद्देश्यले होटल व्यवसायीहरूको सक्रियतामा राष्ट्रिय सम्मेलन आयोजनासमेत हुँदै छ । निकट भविष्यमा राजधानीमा आयोजना हुने सम्मेलनमा पर्यटनसँग सरोकार राख्ने व्यावसायिक सङ्घसंस्था तथा पर्यटन मन्त्रालयले समेत भाग लिँदै छन् ।
Comments
Post a Comment