January 5, 2015
सन् २०२४ मा २५ लाख पर्यटकको लक्ष्य
- अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य
- ‘पर्यटन भिजन २०२०’ पूरा गर्न भूमिका खेल्ने
पुस २०, काठमाडौं । मुलुकलाई उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित पर्यटन मन्त्रालयले दशवर्षे ‘पर्यटन गुरुयोजना’ तयारीको अन्तिम चरणमा पुगेको छ । गुरुयोजनाले सन् २०२४ भित्र वार्षिक २५ लाख पर्यटक भिœयाउने तथा ‘पर्यटन भिजन २०२०’ लाई पूरा गर्ने लक्ष्य राखेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता मोहनकृष्ण सापकोटाले जानकारी दिए । पर्यटन क्षेत्रबाट अर्थतन्त्रमा अहिले भइरहेको योगदान बढाउन पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने गुरुयोजनाको सुझाव छ । सो अवधिभित्र पर्यटन क्षेत्रबाट अहिले भइरहेको आम्दानी दोब्बरले बढाउने लक्ष्य राखिएको सापकोटाले जानकारी दिए ।
सडक, हवाई यातायातलगायत पर्यटनका लागि अत्यावश्यक पूर्वाधारको विकासका लागि सरोकारवाला निकाय र मन्त्रालयसँग समन्वय गर्दै कार्यान्वयनमा जानुपर्ने सुझाव गुरुयोजनाको छ । गुरुयोजनाअन्तर्गत पहिलो ५ वर्ष (सन् २०१५–२०१९)लाई ‘पर्यटन रणनीतिक कार्ययोजना’ नाम दिइएको छ । सापकोटाका अनुसार रणनीतिक कार्ययोजनाको मुख्य लक्ष्य ‘भिजन २०२०’ पूरा गर्नु हो । सरकारले ‘पर्यटन भिजन २०२०’मार्फत सन् २०२० भित्र वार्षिक २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य राखेको छ ।
गुरुयोजनाले पर्यटन क्षेत्रको विकासका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गर्नुपर्ने र त्यसका लागि ऐन तथा नीतिनियममा गर्नुपर्ने सुधारका विषयमा समेत विविध सुझाव दिइएको छ । सुधार गर्नुपर्ने पक्षमध्ये बस टर्मिनल, बसपार्क, हवाई ट्राफिकलगायत विषयसमेत गुरुयोजनाले समेटेको छ । त्यसका लागि सार्क सदस्य राष्ट्र तथा चीनसँग ‘एयर कनेक्टिभिटी’ हुनुपर्ने तथा यसअघि नेपाल वायुसेवा निगमले सीधा उडान गरिसकेका र हाल रोकिएका मुलुकमा सीधा उडान हुनुपर्ने सुझाव पनि गुरुयोजनाको छ । मुलुकभित्रको प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै पर्यटन क्षेत्रको विकासका लागि अपनाउनु पर्ने उपाय पनि सुझाइएको सापकोटाले जानकारी दिए ।
मुलुकका विभिन्न स्थानमा सरोकारवाला निकायसँग झण्डै १ वर्षसम्मको बृहत् छलफलपछि नेपाल पर्यटन बोर्डको सहयोगमा मन्त्रालयले गुरुयोजना तयार पारेको हो । ‘गुरुयोजना र रणनीतिक कार्ययोजना पर्यटन क्षेत्रको ‘रोडम्याप’ हो,’ सापकोटाले भने ‘यसमा पर्यटन क्षेत्रको विद्यमान स्थिति र आगामी रणनीति समेटिएको छ ।’ गुरुयोजना निर्माणमा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (यूएनडब्ल्यूटीओ) र स्वीस सहयोग नियोग (एसएनभी)को पनि सहयोग छ ।
मन्त्रालयले तत्कालीन पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा निर्देशक समिति र सापकोटाको संयोजकत्वमा कार्यसमिति गठन गरेको थियो । निर्देशक समितिमा अर्थ, गृह, पररराष्ट्र र उद्योग मन्त्रालयका प्रतिनिधि सदस्य छन् । कार्यसमितिमा भने होटल एशोसिएशन अफ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए)लगायत पर्यटनसम्बद्ध सङ्घसंस्था सदस्य थिए । गुरुयोजना निर्माणका लागि २५ लाख रुपैयाँ खर्च गरिएको छ ।

Comments
Post a Comment