December 17, 2014
पुस १, काठमाडौं । नेपाल एकेडेमी अफ टूरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम)
परिसरमा निर्माण भएको ‘टिचिङ होटल’को व्यवस्थापन निजीक्षेत्रलाई दिइने भएको
छ । भौतिक संरचना निर्माण कार्य पूरा भइसकेको सो होटलको व्यवस्थापन
निजीक्षेत्रलाई दिन अर्थ मन्त्रालयबाट स्वीकृतिसमेत प्राप्त भइसकेको नाथमका
होटल तथा पाठ्यक्रम विभाग प्रमुख उज्ज्वल सत्यालले जानकारी दिए । ‘पर्यटन
मन्त्रालयमार्पmत मन्त्रिपरिषद्मा पुग्ने सो प्रस्तावलाई मन्त्रिपरिषद्ले
अनुमोदन गरेसँगै होटलको व्यवस्थापनमा निजीक्षेत्रलाई आह्वान गर्छौं,’ उनले
भने । होटल कम्तीमा २० वर्षभन्दा बढी समयका लागि निजीक्षेत्रलाई दिने तयारी
भइरहेको बुझिएको छ ।
होटल व्यवस्थापनको जिम्मा लिने व्यवस्थापकले इण्टेरियर र आवरणमा लगानी गरी आप्mनो लोगो प्रयोग गर्न पाउने सत्यालले बताए । इण्टेरियर कार्यसमेत पूरा गर्दा कुल ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पर्यटन मन्त्रालयमातहतको नाथम परिसरमा सञ्चालन हुने होटलको भौतिक संरचनाका लागि सोही मन्त्रालयले रकम उपलब्ध गराएको थियो । ८३ कोठा क्षमताको सो होटल ‘थ्रीस्टार डिलक्स’ स्तरको हुने छ । ‘प्रारम्भमा चारतारे स्तरको बनाउने भनिएको थियो’, सत्यालले भने, ‘तर, केही संरचनाले सो मापदण्ड पूरा नगर्ने भएपछि ‘थ्रीस्टार डिलक्स’ स्तर कायम हुने भएको हो ।’ होटलका ७५ कोठालाई ‘आरामदायी कोठा’का रूपमा विकास गर्न सकिने बताइएको छ ।
होटलमा दुईओटा सम्मेलन हल, स्पा, जाकुजी, कफी शपलगायत सुविधा उपलब्ध हुनेछन् ।
सरकारले होटल व्यवस्थापन विषय अध्ययन गरिरहेका विद्यार्थीका लागि प्रयोगात्मक प्रयोजनमा उपयोग हुने गरी सो होटलको अवधारणा अघि सारेको थियो । झण्डै २ वर्षमा भौतिक संरचना निर्माण सम्पन्न भएको सो होटल सन् २०१५ जनवरीभित्र सञ्चालनमा ल्याउने नाथमको योजना थियो । ‘केही दिनभित्रै व्यवस्थापनका लागि निजीक्षेत्रलाई आह्वान गर्छाैं,’ सत्यालले भने, ‘त्यसपछि कम्पनीले आप्mनो डिजाइनमा होटलको रूप तयार गरी सञ्चालनमा ल्याउँछ ।’
होटलमा ३० प्रतिशत व्यवस्थापनका कर्मचारी रहने बताइएको छ । ७० प्रतिशत कर्मचारीको काम भने नाथममा होटल व्यवस्थापन पढेका विद्यार्थीमार्पmत गर्ने योजना छ । ‘एउटा विद्यार्थीले तारे होटलका सम्बन्धमा सिक्नुपर्ने सबै विषय होटलमा उपलब्ध हुनेछन्,’ सत्यालले भने, ‘विद्यार्थीमार्पmत बढी काम हुन भएपछि व्यवस्थापकको कर्मचारी खर्चसमेत निकै कम हुन्छ ।’ नाथमलाई दक्षिण एशियाकै होटल म्यानेजमेण्ट र टूरिजम गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यअनुसार भौतिक संरचना र सेवाको गुणस्तर वृद्धि गरिएको नाथम व्यवस्थापनको भनाइ छ ।

Comments
Post a Comment