November 30, 2014
मङ्सिर १३, काठमाडौं । ‘आउटबाउण्ट टुरिजम’का लागि अनलाइनमार्फत कारोबार
गर्ने विदेशी वेबसाइट कम्पनीहरूबीच नेपालमा प्रतिस्पर्धा बढेको छ ।
प्रतिस्पर्धा बढेसँगै त्यसको प्रत्यक्ष लाभ सर्वसाधारण नेपालीले पाउने भएका
छन् । हालै ‘रेजलाइभ डटकम’ले नेपालमा सेवा विस्तार गर्दै अन्य कम्पनीको
तुलनामा १० प्रतिशत कम मूल्यमा विदेश घुमाउने घोषणा गरेको छ । त्यसका लागि
रेजलाइटले नेपालमा नमस्ते ट्राभललाई जनरल सेल्स एजेण्ट (जीएसए) नियुक्त
गरेको छ । ‘हामी उस्तै प्रकारको सेवा दिने अन्य कम्पनीले भन्दा १० प्रतिशत
कम मूल्यमा सेवा उपलब्ध गराउँछौं,’ नमस्ते ट्राभलका सेल्स डाइरेक्टर शङ्कर
पौडेलले भने, ‘यसबाट सर्वसाधारणले लाभ पाउने अपेक्षा छ ।’
रेजलाइभले नेपालका विभिन्न ट्राभल कम्पनीलाई निःशुल्क रजिष्ट्रेशनको सुविधा उपलब्ध गराएको छ । हालसम्म १ सयभन्दा बढी ट्राभल कम्पनी दर्ता भइसकेको पौडेलले जानकारी दिए । घुमघामका लागि विदेश जाने यात्रुलाई रेजलाइभमा दर्ता भएका नेपाली ट्राभल कम्पनीमार्पmत सेवा उपलब्ध गराउने नमस्ते ट्राभलको योजना छ । दर्ता भएका ट्राभल एजेन्सीमध्ये आप्mनो रोजाइको कम्पनीमार्पmत आउटबाउण्डमा जान सक्ने बताइएको छ । आगामी डिसेम्बर महीनाभित्र थप ५० ओटा ट्राभल एजेन्सी रेजलाइभको बिजनेश एरियाभित्र आउने अपेक्षा गरिएको पौडेलले बताए ।
यस प्रकारका कम्पनीले विभिन्न मुलुकमा जाने सर्वसाधारण यात्रुका लागि होटल, दृश्यावलोकन, आवास, यातायातजस्ता अत्यावश्यक सेवाको प्रबन्ध गरिदिन्छन् । यात्रुले स्थानीय मुद्राको समेत झन्झट बेहोर्नु नपर्ने बताइन्छ । रेजलाइटको सेवा एक्ला–एक्लै या सानो समूहमा जानेहरूका लागि मात्र भएको पौडेलले जानकारी दिए । ‘रेजलाइट एउटा ‘बिजनेश टू बिजनेश (बीटूबी)’ सेवा प्रदान गर्ने वेबसाइट कम्पनी हो,’ पौडेलले भने, ‘जहाँ यात्रुले सुविधा र ट्राभल एजेन्सीले बिजनेश प्राप्त गर्छन् ।’ रेजलाइभले एकसाथ नेपाल, मोरक्को र फिलिपिन्समा आफ्नो उपस्थिति बढाएको हो । पर्यटन उद्योगमा तीव्र प्रगति गरिरहेका क्षेत्र छनोट गर्ने क्रममा यी मुलुकमा आफ्नो सेवा विस्तार गरिएको रेजलाइभले उल्लेख गरेको छ । रेजलाइभको नेटवर्कमार्फत विदेशी पर्यटकले समेत नेपाली ट्राभल एजेन्सीका माध्यमबाट नेपालका विभिन्न स्थानको भ्रमण गर्न सक्ने बताइएको छ । रेजलाइटले नेपालमा बढी पर्यटक आउने अष्टे«लिया, मलेसियाजस्ता मुलुकहरूमा समेत आप्mनो सेवा विस्तार गरिरहेको पौडेलले जानकारी दिए ।
Comments
Post a Comment