काठमाडौं–सिङ्गापुर हवाई यात्रामा ‘वाइफाई’

December 1, 2014
 सिल्क एयरको ‘बोइङ ७३७–८००एस’ उडान आजदेखि मङ्सिर १४, काठमाडौं । काठमाडौं–सिङ्गापुर रूटमा सिल्क एयरबाट यात्रा गर्ने यात्रुले आप्mनो विद्युतीय सामग्रीमार्फत वाइफाई सुविधा उपयोग गर्न पाउने भएका छन् । एयरले नयाँ एयरक्राफ्ट ‘बोइङ ७३७–८००एस’मा सो सुविधा जडान गरेको छ । सो जहाजमार्फत सोमवारदेखि साताको ३ दिन काठमाडौं–सिङ्गापुर उडान शुरू गर्न लागेको सिल्क एयर, नेपालका कण्ट्री म्यानेजर विवेक जैनले जानकारी दिए । जहाजमा जडित ‘सिल्क एयर स्टुडियो’मा उपलब्ध विभिन्न सामग्री यात्रुले आप्mनो साथमा रहेको ल्यापटप, आइफोन या स्मार्टफोनबाट सुन्न या हेर्न सक्नेछन् । त्यसका लागि एयरक्राप्mटमा वायरलेस प्रविधि जडान गरिएको बताइएको छ ।

स्टुडियोमा तत्कालका लागि २० ओटा अन्तरराष्ट्रिय (हलिउड) चलचित्र, २६ ओटा टेलिभिजन फिचर र १ सयभन्दा बढी म्युजिक एल्बम राखिएको सिल्क एयरले जानकारी दिएको छ । यात्रामा क्रममा विद्युतीय डिभाइसहरू आप्mनै सिटबाट रिचार्ज गर्न सकिने जैनको भनाइ छ । अन्तरराष्ट्रिय उडान गरिरहेका कम्पनीहरूमध्ये सिल्कले पहिलोपटक वाइफाई सुविधासहितको एयरक्राप्mट प्रयोग गर्न लागेको बताइएको छ । नयाँ एयरक्राप्mटमार्फत सीमित र महŒवपूर्ण गन्तव्यमा मात्र उडान भइरहेको जैनले जानकारी दिए । एयरले यस रूटमा साताको ६ उडान गर्दै आएको छ । बाँकी तीन उडान भने यसअघि उडाउँदै आएको एयरबस–३२० मार्फत गर्ने सिल्कको योजना छ ।

पर्यटक, व्यापारिक समुदाय र वैदेशिक रोजगारीमा जाने–आउने नेपाली सिल्कका नियमित यात्रु रहेको जैनले बताए । कम्पनीका अनुसार नयाँ एयरक्राप्mट ‘बोइङ ७३७–८००एस’ १ सय ६३ सीट क्षमताको छ, त्यसमध्ये १२ ओटा बिजनेश र १ सय ५० ओटा इकोनोमी सीट छन् । कम्पनीका अनुसार सोमवारसहित बुधवार र बिहीवार यस रूटमा नयाँ जहाज प्रयोग गर्ने सिल्कको योजना छ । लामो उडानमा यात्रुलाई दिक्क नलागोस् भनी जहाजमा वाइफाई प्रविधि जडान गरिएको जैनले बताए । सिल्कले सन् २००७ बाट नेपालमा नियमित उडान थालेको हो । सन् २०१५ भित्र काठमाडौं–सिङ्गापुर रूटका सबै उडानमा नयाँ जहाज प्रयोगमा ल्याउने कम्पनीले बताएको छ ।

Comments