November 27, 2014
नेपाल–भारत संयुक्त लगानीमा ‘एभिएशन मेण्टिनेन्स सर्भिस’
मङ्सिर
१०, काठमाडौं । सन् २०१५ अप्रिल महीनाभित्र त्रिभुवन अन्तरराष्ट्रिय
विमानस्थल (टीआईए)मा ‘एभिएशन मेण्टिनेन्स सर्भिस’को नयाँ सुविधा थप हुने
भएको छ । भारतमा मेण्टिनेन्स, रिपेयर र ओभरहल (एमआरओ) सेवाका लागि प्रख्यात
एयरवक्र्स इण्डिया इञ्जिनीयरिङले नेपाली कम्पनी यक्ष इन्भेष्टमेण्टसँगको
संयुक्त लगानीमा सो सेवा प्रारम्भ गर्न लागेको हो । यी दुई कम्पनीले ‘एयर
वक्र्स नेपाल’का नाममा सो सेवा शुरू गर्न लागेका हुन् । कम्पनीमा भारतीय
कम्पनीको ५१ र नेपाली कम्पनीको ४९ प्रतिशत लगानी हुने बताइए पनि लगानी रकम
भने सार्वजनिक गरिएको छैन ।
यक्ष इन्भेष्टमेण्टले संयुक्त लगानीमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एभिएशन मेण्टिनेन्स सर्भिस सञ्चालन गर्न लागेको यक्षका अध्यक्ष सुरेन्द्र मल्लले जानकारी दिए । ‘हामी नेपालमा पहिलोपटक दक्ष इञ्जिनीयरसहित सेवा प्रारम्भ गर्दै छौं,’ उनले भने, ‘यसबाट नेपाली जनशक्तिले स्वदेशमै रोजगारी प्राप्त गर्नेछन् ।’ एयर वक्र्स इण्डिया इञ्जिनीयरिङले दक्षिण एशियाली मुलुकहरूमा लगानी विस्तार गर्ने क्रममा नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल छनोट गरेको बताएको छ ।
कम्पनीले अहिले भारतलगायत विभिन्न मुलुकका विमानस्थलमा ‘एभिएशन मेण्टिनेन्स’सम्बन्धी सेवा दिँदै आएको छ ।
यो परियोजना प्रारम्भ भएसँगै आन्तरिक तथा बाह्य उडान गरिरहेका कम्पनीहरूलाई सहज हुने विश्वास लिइएको छ । एयर वक्र्सका भाइस प्रेसिडेण्ट सञ्जीव मुञ्जलका अनुसार कम्पनीले नेपालमा एभिएशन इञ्जिनीयरिङको क्षेत्रमा अन्तरराष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीय सेवा उपलब्ध गराउनेछ । कम्पनीले भूटान र म्यानमारमा पनि सेवा विस्तारको सम्भाव्यता अध्ययन गरिरहेको बताइएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कम्पनीले एटीआर ४२/७२, एयरबस ३२०/३३० र बोइङ ७३७/७७७/७८७ लगायत मोडलका जहाजहरू मर्मतसम्हार गर्ने बताइएको छ । त्रिभुवन विमानस्थलमा अकस्मात् विमानमा खराबी आउँदा नेपालमा स्तरीय सेवाको अभावले कतिपय एयरलाइन्स कम्पनीहरूले सम्बन्धित मुलुकबाट उपकरण र इञ्जिनीयर बोलाएर मर्मत गराउँदै आएका छन् । ‘एयर वक्र्स नेपाल’ सञ्चालनमा आएसँगै नेपालको एभिएशन सुरक्षामा समेत महŒवपूर्ण भूमिका खेल्ने यी दुई कम्पनीको विश्वास छ । अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्तरोन्नति कार्य जारी छ । सो कार्यअन्तर्गत विमान मर्मतसम्भारका लागि अत्यावश्यक ह्याङ्गर निर्माणसमेत समेटिएको छ । एयर वक्र्स नेपालले प्रारम्भमा ह्याङ्गर प्रयोग नगरीकनै सेवा प्रारम्भ गर्ने मल्लले जानकारी दिए ।

Comments
Post a Comment