साझा यातायातले पर्यटन व्यवसायीका बस चलाउने
November 19, 2014
मङ्सिर २, काठमाडौं । निकट भविष्यमा काठमाडौंदेखि भारतको राजधानी नयाँ
दिल्लीसम्म सञ्चालन हुने व्यावसायिक बस सेवाका लागि साझा यातायातले पर्यटन
व्यवसायीका सवारीसाधन प्रयोग गर्ने भएको छ । १८औं सार्क सम्मेलनको अवसर
पारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री सुशील कोइरालाको
उपस्थितिमा नेपाल–भारतबीच व्यावसायिक बस सेवा सञ्चालनबारे सम्झौता हुँदै छ ।
सो रूटमा नेपालका तर्पmबाट साझा यातायातले बस सेवा सञ्चालन गर्ने तयारी
भइरहेको छ । पर्यटन व्यवसायीबाट निश्चित मापदण्ड पूरा गरिएका बस भाडामा
ल्याई साझा यातायातको ‘ब्यानर’मा चलाउने तयारी भएको हो ।
साझालाई बस उपलब्ध गराउने जिम्मा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)लाई दिइएको छ । साझाले मङ्गलवारसम्म आपूmलाई आवश्यक पर्ने बसको सुविधा, मापदण्ड, समय तथा आपूmले उपलब्ध गराउने भाडासमेत उल्लेख गरी नाट्टालाई विस्तृत विवरण बुझाउँदै छ ।
त्यसपछि साझालाई बस उपलब्ध गराइने सो परियोजनाका संयोजक तथा नाट्टाका कार्यकारी सदस्य सुधीरकुमार उपाध्यायले जानकारी दिए । ‘व्यवसायीले नेपालका विभिन्न रूटमा चलाइरहेका पर्यटक बस कटौती गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘स्वदेशका गन्तव्यमा आवतजावत गर्ने पर्यटकमा कुनै असर नपुग्ने गरी बस उपलब्ध गराउँछौं ।’
पर्यटन व्यवसायीले कम्तीमा १ देखि २ वर्षसम्मका लागि आप्mना बस चलाउनुपर्ने शर्तमा साझालाई बस दिन थालेको बताइएको छ । व्यवसायीले नाफा हुने अवस्थामा मात्र आफ्ना सवारी साझालाई दिने भन्दै उपाध्यायले बस सेवाको राम्रो व्यवस्थापन हुनुपर्ने बताए । नाट्टा र साझाबीच हालै सम्पन्न एक सम्झौतापछि पर्यटन व्यवसायीबाट भाडामा लिएका बसहरू साझाले आप्mनो ब्यानरमा सञ्चालन गर्ने सहमति भएको बताइएको छ । सो रूटका लागि साझाका ६ ओटा बस प्रयोग हुँदै छन् ।
नेपाल र भारत सरकारबीच भएको समझदारीअनुसार पहिलो चरणमा काठमाडौं–दिल्ली–काठमाडौं रूटमा बस सेवा सञ्चालन हुँदै छ । काठमाडौंबाट भैरहवा, सुनौली, गोरखपुर, लखनउ हुँदै दिल्ली पुग्ने सो बस सेवा दिल्लीबाट काठमाडौंका लागि छुट्ने बताइएको छ । दोस्रो चरणमा भने काठमाडौं–वाराणसी रूटमा बस सेवा सञ्चालन गर्ने सहमति दुई देशबीच भइसकेको छ । यसबीचमा पोखरा–दिल्ली रूटमा समेत बस सेवा सञ्चालनको तयारी गरिएको छ । बस सेवाले दुई देशका राजधानीसँगै नेपाल र भारतका मुख्य पर्यटकीय र धार्मिक गन्तव्य पोखरा र वाराणसीलाई जोड्दै छ । यसबाट सर्वसाधारण यात्रुसँगै पर्यटकले समेत सुलभ मूल्यमा स्तरीय सेवा उपयोग गर्न पाउने अपेक्षा गरिएको उपाध्यायले बताए ।
Comments
Post a Comment