नेपालको ‘खुम्बुक्षेत्र’ सन् २०१५ का लागि
विश्वको उत्कृष्ट गन्तव्यमध्ये ‘टप–टेन’मा पर्न सफल भएको छ । विश्वको
प्रसिद्ध ट्राभल साइट ‘लोन्ली प्लानेट’ले सन् २०१५ का लागि उत्कृष्ट शहर
(सीटी), क्षेत्र (रिजोन) र देश (कण्ट्री)को टप–टेन सूची मङ्गलवार सार्वजनिक
गरेको छ । त्यसमध्ये उत्कृष्ट १० गन्तव्य क्षेत्रमध्ये नेपालको खुम्बु
छैटौं स्थानमा परेको छ । मेजर जिम्मी रोबट्र्सले नेपालमा पहिलो व्यावसायिक
पदयात्रा गरेको सन् २०१५ मा ५० वर्ष पुग्दै गरेको सन्दर्भलाई प्लानेटले
उल्लेख गरेको छ ।
‘विश्वको सर्वोच्च शिखर सगरमाथाको यात्रालाई तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको पाइला पछ्याउनेहरू आज पनि साहसिक यात्राका रूपमा लिन्छन्,’ खुम्बुको परिचय दिँदै प्लानेटले लेखेको छ, ‘माओवादी जनयुद्धको समाप्तिसँगै यात्रुहरू सो क्षेत्रमा पुग्न दुर्गम पदमार्गको पुनः खोजी र प्रयोग गर्न थालेका छन् ।’ सो साइटमा विश्वका उत्कृष्ट साहसिक गन्तव्यमध्ये नेपालको अन्नपूर्ण पदमार्ग तथा हिमाली क्षेत्रलाई महत्वपूर्ण स्थान दिँदै चर्चा गरिएको छ ।
साइटले विश्वको हरेक मुलुकका पर्यटकीय स्थानको विस्तृत परिचयसँगै पर्यटकबाट प्रतिक्रिया लिने गरेको छ । साइटका विशेषज्ञहरूको प्रत्यक्ष भ्रमणपछि विश्वका उत्कृष्ट क्षेत्र, शहर र देशको सूची तयार पारिएको बताइएको छ । यसले यात्रुलाई आगामी वर्षको गन्तव्य तय गर्न सहज हुने प्लानेटको विश्वास छ ।
विश्वका उत्कृष्ट शहरमा भारतको चेन्नई नवौंं स्थानमा आउनुबाहेक एशियाका कुनै पनि शहर सूचीमा परेका छैनन् । अमेरिकाको वाशिङटन डीसी पहिलो स्थानमा छ । उत्कृष्ट मुलुकको सूचीमा भने सिङ्गापुर पहिलो स्थानमा छ । नामिबिया, सर्विया, मोरक्को, लिथुआनियालगायत मुलुक पनि टप टेनभित्र अटाउन सफल भएका छन् ।

विश्वका १० उत्कृष्ट क्षेत्र
१. गालिपोली क्षेत्र : टर्की
२. रक्की माउण्टेन नेशनल पार्क : अमेरिका
३. टोलेडो : बेलिज
४. तास्मानिया : अष्ट्रेलिया
५. आर्कटिक नर्वे : नर्वे
६. खुम्बु : नेपाल
७. द कपर केन्यन : मेक्सिको
८. फ्लोरेस : इण्डोनेशिया
९. आटाकामा डेजर्ट : चिली
१०. मकाउ : चीन
स्रोत : लोन्ली प्लानेट
१. गालिपोली क्षेत्र : टर्की
२. रक्की माउण्टेन नेशनल पार्क : अमेरिका
३. टोलेडो : बेलिज
४. तास्मानिया : अष्ट्रेलिया
५. आर्कटिक नर्वे : नर्वे
६. खुम्बु : नेपाल
७. द कपर केन्यन : मेक्सिको
८. फ्लोरेस : इण्डोनेशिया
९. आटाकामा डेजर्ट : चिली
१०. मकाउ : चीन
स्रोत : लोन्ली प्लानेट
Comments
Post a Comment