प्रतिकुल मौषमका कारण ५० आन्तरिक उडान रद्द

असोज २८, काठमाडौं 
प्रतिकूल मौषमका कारण मङ्गलवारमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआइए)बाट आन्तरिकतर्पmका झण्डै ५० ओटा उडान रद्द भएका छन् । बङ्गालको खाडीमा विकसित भई जमिनतर्फ प्रवेश गरेको हुदहुद चक्रावतका कारण दुई दिनदेखि नेपालको मौषमसमेत प्रभावित भएको छ । मङ्लगवार अधिकांश समय अवरुद्ध भएको टीआइएबाट बुद्ध एयरका कूल १३ ओटा उडान रद्द भएको टीआइएले जानकारी दिएको छ ।
बुद्धका ७ ओटा माउण्टेन फ्लाइट, ५ ओटा पोखरा तथा एउटा भैरहवा उडान रद्द भएको छ । साथै यति एयरका माउण्टेन फ्लाइट ७, पोखरा ८ र भैरहवा १ ओटा उडान रद्द भए । टीआइएका अनुसार तारा एयरका लुक्लाका लागि निर्धारित ४ ओटा उडासमेत रद्द भएका छन् । सिम्रिक एयरका १२ तथा गोमा एयर र नेपाल एयरलाइन्सका १÷१ उडानसमेत रद्द भएको टीआइएले जानकारी दिएको छ ।
उता, अन्तरराष्ट्रियतर्फ आधा दर्जन जहाज अवरतण गर्न नसकेपछि ‘डाइभर्ट’ गरिएको टीआइएले जानकारी दिएको छ । बम्बइबाट आएको जेट एयर, सारजहाँबाट आएको एयर अरेविया, कुनमिनबाट आएको चाइना इस्टर्न, मलेसियाबाट आएको एयर एसिया तथा दिल्लीबाट आएको एयर इण्डिगोले समेत टीआइएमा अवतरण गर्न सकेनन् । इत्तिहाद एयर र बुद्ध एयरको बनारस उडानसमेत ‘डाइभर्ट’ भएका थिए । प्रतिकुल मौषमका कारण हवाई सुरक्षालाई ध्यानमा राख्दै अधिकांश उडान रद्द गरिएको टीआइएका डेपुटी डाइरेक्टर तथा एयर ट्राफिक कन्ट्रोलर प्रमुख विमलेशलाल कर्णले जानकारी दिए । विमानस्थल दिनभर खुल्ने र बन्द हुने भइरह्यो’, उनले भने, ‘हामीले कुनै पनि प्रकारको जोखिम लिन चाहेनौं ।’

Comments