मौसममा हुने आकस्मिक परिवर्तन र त्यसको असरबाट बच्न
तत्काल सूचना प्रवाह गर्न सक्ने स्थायी संयन्त्र गठन हुने भएको छ । विशेष
गरी हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणका लागि ठूलो सङ्ख्यामा मानिस
पुग्ने र भरपर्दो सूचना अभावका कारण दुर्घटना बढ्न थालेपछि सरोकारवालाहरू
संयन्त्र गठनको निष्कर्षमा पुगेका हुन् ।
वातावरण मन्त्रालयमातहत गठन हुने संयन्त्रले प्राप्त सूचनाहरू नियमित वेबसाइटमा अद्यावधिक गर्ने र त्यसमार्फत सरोकारवालाले जुनसुकै स्थानबाट ती सूचना तत्काल प्राप्त गर्न सक्ने बताइएको छ । ‘संयन्त्रमार्फत प्राप्त सूचना सम्बन्धित निकायले सरोकारवालालाई तत्काल प्रवाह गर्नेछन्,’ पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भने, ‘प्राप्त सूचनाले क्षति न्यूनीकरणमा सहयोग गर्नेछ ।’
संयन्त्र गठनसम्बन्धमा मङ्गलवार वातावरण मन्त्रालयमा सरोकारवालाबीच छलफलसमेत भएको छ । संयन्त्रमार्पmत केन्द्रीय स्तरबाट प्रवाह हुने सूचनालाई सरोकारवालाले आफूमातहतका निकायसम्म पुर्याउनेछन् ।
यसअघि भारतमा आएको हुदहुद आँधीको प्रभावका कारण नेपालको हिमाली क्षेत्रमा व्यापक हिमपात भएको थियो । सो हिमपातका कारण दर्जनौंले ज्यान गुमाएका थिए । सो घटनापछि मौसममा हुने परिवर्तनको सूचना तत्काल स्थानीय स्तरसम्म प्रवाह गर्न नसक्दा धेरै जनधनको क्षति भएको भन्दै सरकारको आलोचना भएको थियो ।
‘हरेक मुलुकमा मौसमबारे जानकारी दिन केन्द्रमा स्थायी संयन्त्र छन्’, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का महासचिव सागर पाण्डेले भने, ‘नेपालजस्तो मुलुकका लागि यसको ठूलो महŒव रहन्छ ।’ हाल अन्तरराष्ट्रिय सञ्चारमाध्यमको सूचनाका आधारमा हिमाली क्षेत्रमा हुने मौसम परिवर्तनको जानकारी लिनुपर्ने अवस्था रहेको भन्दै पूर्वानुमानलाई अझ वैज्ञानिक र प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ ।
‘नीलोफर’ प्रभावले पश्चिम नेपालमा हिमपातको सङ्केत
टानले अरब सागरमा उत्पन्न भएको ‘नीलोफर’ नामक सामुद्रिक आँधीका कारण पश्चिम नेपालमा व्यापक हिमपात र वर्षा हुने पूर्वानुमानको सूचना प्राप्त भएको भन्दै आपूmमातहतका कम्पनीलाई सचेत गराएको छ । आगामी अक्टोबर ३०/३१ मा भारतको गुजरात क्षेत्रमा प्रवेश गर्ने सो आँधीको प्रभावले नेपालमा असर गर्न सक्ने सूचना प्राप्त भएको टानको भनाइ छ । हिमाली क्षेत्रमा पदयात्रामा जाँदा आवश्यक पूर्वतयारी र दैनिक मौसमको पूर्वानुमानबारे जानकारी लिएरमात्र यात्रा गर्न र गराउन संस्थाले मातहतका कम्पनी तथा सरोकारवालालाई आग्रह गरेको हो ।

Comments
Post a Comment