अच्युत पुरी October 19, 2014
कात्तिक १, काठमाडौं । सरकारले झण्डै ५० ओटा पर्यटन पूर्वाधार विकास
कार्यक्रम कार्यान्वयनका लागि स्थानीय उपभोक्ता समितिमार्पmत प्रस्ताव
आह्वान गरेको छ । काठमाडौंलगायत विभिन्न १० जिल्लाका पर्यटन पूर्वाधार
विकाससम्बन्धी कार्य स्थानीय उपभोक्ता र लाभदायी समुदायमार्फत गर्नुपर्ने
भएकाले प्रस्ताव मागिएको पर्यटन विभागअन्तर्गतको पर्यटन पूर्वाधार विकास
आयोजनाले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७१/७२ को स्वीकृत कार्यक्रमअनुसार पूर्वाधार विकाससम्बन्धी निर्माण कार्य अगाडि बढाइएको विभागले बताएको छ । तोकिएका पूर्वाधार विकास कार्यक्रमको लागत झण्डै पौने ३ करोड रुपैयाँ छ । विभागका अनुसार संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका र उक्त पूर्वाधार उपभोग गर्ने स्थानीय समितिले प्रस्ताव पेश गर्न सक्ने बताइएको छ । गत बिहीवार प्रस्ताव आह्वान गरेको विभागले दर्ता गर्ने समय १ महीना तोकेको छ ।
विभिन्न स्थानमा ‘पार्क तथा पिकनिक स्पट’, ‘भ्यूप्वाइण्ट’, पदयात्रा सुधार, रक क्लाइमिङ र रक गार्डेन निर्माण, विश्रामस्थल, गुफा संरक्षणजस्ता आयोजनाका लागि प्रस्ताव आह्वान गरिएको छ ।
आर्थिक वर्ष २०७१/७२ को स्वीकृत कार्यक्रमअनुसार पूर्वाधार विकाससम्बन्धी निर्माण कार्य अगाडि बढाइएको विभागले बताएको छ । तोकिएका पूर्वाधार विकास कार्यक्रमको लागत झण्डै पौने ३ करोड रुपैयाँ छ । विभागका अनुसार संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका र उक्त पूर्वाधार उपभोग गर्ने स्थानीय समितिले प्रस्ताव पेश गर्न सक्ने बताइएको छ । गत बिहीवार प्रस्ताव आह्वान गरेको विभागले दर्ता गर्ने समय १ महीना तोकेको छ ।
विभिन्न स्थानमा ‘पार्क तथा पिकनिक स्पट’, ‘भ्यूप्वाइण्ट’, पदयात्रा सुधार, रक क्लाइमिङ र रक गार्डेन निर्माण, विश्रामस्थल, गुफा संरक्षणजस्ता आयोजनाका लागि प्रस्ताव आह्वान गरिएको छ ।
आयोजनाले काठमाडौं जिल्लाका लागि चम्पादेवी जाने पदमार्ग, जामुनधारा चपली भद्रकाली, सीतापाइलास्थित पञ्चकुमारी मन्दिर क्षेत्र पूर्वाधार विकासका लागि प्रस्ताव आह्वान गरेको छ । यसैगरी, स्थानीय उपभोक्तामार्फत नै गागलफेदीमा वनभोजस्थल, तारेभीरस्थित नयाँपाटीमा रक क्लाइम्बिङ, सुन्दरीजलमा रक गार्डेन, बालाजु पार्क, काँडाघारी पर्यटन पूर्वाधार र सिनामङ्गलस्थित नागेश्वर महादेव मन्दिर पर्यटन पूर्वाधार निर्माण गर्ने विभागको योजना छ ।
ललितपुरको लामाटार, देउरालीमा पर्यटकीय पूर्वाधार, पञ्चदेवलमा पर्यटक विश्रामस्थल र नख्खु दोबाटोमा शहीद स्मृति पार्क निर्माणका लागिसमेत प्रस्ताव मागिएको छ । भक्तपुरस्थित विन्ध्यवासिनी क्षेत्रमा सामुदायिक भवन–पर्यटकीय पूर्वाधार, चरखण्डेश्वर क्षेत्रको विकास, अनन्तलिङ्गेश्वर क्षेत्र कैलाश डाँडामा पिकनिक स्पट, विरुवा क्षेत्रमा प्रतीक्षालय निर्माण र त्रिशूलडाँडा जाने सिँढी निर्माणसमेत विभागको प्राथमिकतामा परेको छ । भक्तपुरका आशापुरी क्षेत्रमा पर्यटकीय शेड, पकानडोलको विकास तथा नगरकोटस्थित बास्तोला गाउँमा स्वागतद्वार निर्माणमा समेत स्थानीयको सक्रियता खोजिएको छ ।
विभागले रसुवास्थित धुञ्चे भ्यू प्वाइण्ट, कालिकास्थान–लोकिक–सिपाङ–नौकुण्ड हुँदै गोसाइँकुण्ड जाने पदयात्रा मार्ग सुधार र वेत्रावती विकास स्थानीय उपभोक्तामार्फत गर्दै छ । नुवाकोटका तलेजु मन्दिर संरक्षण, दुप्चेश्वरी क्षेत्र संरक्षण, नीलकण्ठ महादेव, राकुलादेवी पर्यटन सुधार र ताजी–फिकुरी पर्यटकीय पैदलमार्ग निर्माणलाई समेत पूर्वाधार विकास आयोजनाअन्तर्गत समेटिएको छ । उता, ककनीको जाल्पादेवी, वागेश्वरी पर्यटकीय क्षेत्र, पीपलडाँडा पर्यटकीय क्षेत्र, वागमारा पर्यटकीय क्षेत्र, ध्याङस्वारा पर्यटकीय क्षेत्र, बेलकोटगढी र राक्सेश्वर पर्यटकीय पिकनिक स्पटका लागि पनि प्रस्ताव आह्वान गरिएको छ ।
विभागका अनुसार सिन्धुपाल्चोकको जामुने गुफा संरक्षण, पाँचपोखरी पर्यटन पूर्वाधार, दक्षिणकाली मन्दिर संरक्षण र हेलम्बु पदयात्रा मार्ग निर्माण सुधार पनि यस वर्ष कार्यान्वयन हुँदै छन् । काभ्रेपलाञ्चोकमा पताले खेत सामुदायिक होमस्टे, हेटांैडामा शहीद पार्क निर्माण र तनहुँमा भानु शिखर कटेरी निर्माणलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ । यी परियोजनाका लागि क्रमशः ५ लाख, ३० लाख तथा ५० लाख बजेट छुट्ट्याइएको छ ।
विभागले धादिङमा सिद्धबाबा मन्दिर जाने बाटो निर्माण, माङ्रोमाङ्ने पर्यटन मार्ग, नकदुलो संरक्षण, ज्वालामुखी भ्यूप्वाइण्ट, भीरपानी पर्यटन पूर्वाधार र बसेरी–माने गुम्बा–लापा–गणेश हिमाल पर्यटन रुट निर्माणका लागि पनि स्थानीयबाट प्रस्ताव मागिएको छ । ‘उपभोक्ता समितिबाट पर्यटन पूर्वाधार बिकास निर्माणसम्बन्धी कार्य गराउने कार्यविधि निर्देशिका २०६५’अनुसार उपभोक्ता समितिमार्फत कार्यक्रम कार्यान्वयन गर्दा समितिले नगरपालिका (उप र महानगरपालिका समेत)मा भए कूल लगानीको ४० प्रतिशत र गाविसको हकमा न्यूनतम २० प्रतिशतबराबरको श्रम वा निर्माण सामग्री योगदान गर्नुपर्ने प्रावधान छ ।
Comments
Post a Comment