ठेक्का सम्झौता मन्त्रीपरिषद्बाट अनुमोदन
कात्तिक १०, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामध्ये एक पोखरा क्षेत्रीय
अन्तरराष्ट्रिय विमानस्थल निर्माणले गति लिने भएको छ । नेपाल नागरिक उड्डयन
प्राधिकरण र चिनियाँ निर्माण कम्पनी ‘सीएएमसीई’बीचमा ठेक्का सम्झौता भएको
लामो समयसम्म पनि विमानस्थल निर्माणले गति लिन सकेको थिएन । सो सम्झौतालाई
सोमवार नेपाल सरकारले अनुमोदन गरेसँगै विमानस्थल निर्माण प्रक्रिया अघि
बढ्ने भएको हो ।
प्राधिकरण र कम्पनीबीच गत जेठ दोस्रो साता २१ करोड ६० लाख डलरमा परियोजना सम्पन्न गर्ने सम्झौता भएको थियो । ठेक्का सम्झौतालाई मन्त्रीपरिषद्ले अनुमोदन नगर्दा परियोजनाले गति लिन सकेको थिएन । सम्झौता अनुमोदनसँगै पोखरेली जनताको ४० वर्षे सपना साकार हुने आशा पलाएको सभासद तथा पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल निमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक रविन्द्र अधिकारीले बताए ।
सो विमानस्थल चिनियाँ एक्जिम बैङ्कको सहुलियत ऋण सहयोगमा कार्यान्वयन गर्ने सरकारको योजना छ । प्राधिकरणका अनुसार सन् २०१९ सम्म परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ठेक्का सम्झौता अनुमोदनपछि बैङ्कसँग ऋण सम्झौता प्रक्रिया अघि बढ्ने बताइएको छ । पोखरामा विमानस्थल निर्माण अघि बढाउन पोखरेलीहरूले लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् । यसअघि पोखराका पर्यटन व्यवसायी, सभासदलगायतको टोलीले हालै प्रधानमन्त्री सुशिल कोइराला र अर्थमन्त्री रामशरण महतसँग भेट गरी परियोजना अघि बढाउन आग्रह गरेका थिए ।

Comments
Post a Comment