कात्तिक ४, काठमाडौं । बेमौसमी हिमपातका कारण हिमाली भेगमा फसेका विदेशी
पर्यटक र नेपाली सहयोगी कर्मचारीको उद्धारमा प्रयोग भएका निजी कम्पनीका
हेलिकोप्टरको भाडा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले भुक्तानी
गर्ने भएको छ । ‘पदयात्री व्यवस्थापन सूचना प्रणाली (टिम्स) कार्ड’मार्फत
सङ्कलन भएको रकमले निजी कम्पनीबाट उद्धारमा खटिएका हेलिकोप्टरको भाडा
तिर्ने निर्णय भएको टानका कोषाध्यक्ष गोपालबाबु श्रेष्ठले जानकारी दिए ।
टिम्स कार्डबापत हालसम्म सङ्कलन भएको झण्डै रू. १४ करोडबाट वायुसेवा
कम्पनीको बिल भुक्तानी गर्ने तयारी टानको छ ।
निजी कम्पनीबाट १/२ दिनमै बिल आइपुग्ने र त्यसपछि मात्र कुल भाडा रकमको टुङ्गो लाग्ने श्रेष्ठले बताए । उद्धारमा श्री एयरलाइन्स, सिम्रिक एयरलाइन्स, एयर डाइनेष्टी, फिष्टेल एयरलगायत कम्पनीका हेलिकोप्टर खटाइएको थियो । लामो समय लगातार खटाउनुपरेका कारण करोडौं रुपैयाँको बिल आउने अनुमान गरिएको उनले बताए । नेपाली सेनाले उद्धारका लागि प्रयोग गरेका दुईओटा हेलिकोप्टरको भाडाका सम्बन्धमा भने अभैm निर्णय भएको छैन । हिमालयन उद्धार सङ्घ, नेपालका अध्यक्ष डीबी कोइरालाका अनुसार उद्धारमा एकै दिन ९ ओटासम्म हेलिकोप्टर परिचालन भएका छन् ।
पदयात्रामा जाने पर्यटकमध्ये एक्लै जाने चाहनेले २० डलर र समूहमा जाने पर्यटकले १० डलरमा सो कार्ड खरीद गर्नुपर्छ । एकल रूपमा पदयात्रामा जाने प्रवृत्ति कम गर्न एक्लै जानेले टिम्स कार्डबापत दोब्बर शुल्क तिर्नुपरेको हो । टिम्स कार्डबाट उठेको रकममा ६६ प्रतिशत नेपाल पर्यटन बोर्ड र बाँकी टानको अंश रहन्छ । टानले आप्mनो अंशमा आएको रकमध्येबाटै उद्धारमा लागेको बिल तिर्न लागेको हो ।
सेनाको भूमिका प्रशंसनीय
अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ, मुस्ताङ तथा धवलागिरि आधार शिविरमा हिमपातका कारण फसेकाको उद्धारमा नेपाली सेनाले प्रशंसनीय काम गरेको निजीक्षेत्रको प्रतिक्रिया छ । सरकारी निकायले प्रारम्भिक निर्णय प्रक्रियामा ढिलाइ गरे पनि उद्धारमा खटिएको सेनाले भने प्रभावकारी रूपमा भूमिका काम गरेको कोइरालाले बताए । ‘यति अप्ठ्यारो भौगोलिक र प्राकृतिक परिस्थितिमा शायद संसारका सबै सेनाले योभन्दा बढी काम गर्न सक्दैनन्,’ उनले भने । नेपाली सेना र गृह मन्त्रालयको आन्तरिक सञ्जालका कारण छिटो सूचना प्रवाह गर्न सकिएकाले उद्धार सहज भएको श्रेष्ठको प्रतिक्रिया छ ।

गैरकानूनी रूपमा घुसेका पर्यटक छ्याप्छ्याप्ती
उद्धारका क्रममा विनाटिम्स कार्ड र विनाअनुमति निषेधित क्षेत्रमा प्रवेश गरेका पर्यटकले सबैभन्दा बढी सास्ती पाएको भेटिएको छ । ‘नेपाली सहयोगीविनै गएका धेरै पर्यटक अलपत्र अवस्थामा भेटिएका थिए,’ कोइरालाले भने, ‘राज्यले आर्थिक रूपमा कुनै फाइदा नलिएका कतिपय पर्यटकलाई मानवताका आधारमा उद्धार गरिएको छ ।’

Comments
Post a Comment