सन् २०१६ भित्र थप आधा दर्जन पाँचतारे होटल
हस्पिटालिटी क्षेत्रमा नेपालका व्यापारिक घरानाको लगानी प्रतिबद्धता बढेको छ । व्यापारिक घराना तथा संस्थाहरूबाट गरिएको सार्वजनिक प्रतिबद्धताअनुसार सन् २०१६ भित्र आधा दर्जनभन्दा बढी पाँचतारे र सोभन्दा माथिल्लो स्तरका होटल सञ्चालनमा आउँदै छन् । ती होटलमा रू. १५ अर्बभन्दा बढी लगानी हुने सम्बद्ध कम्पनीहरूले बताएका छन् । प्रतिबद्धताअनुसार आगामी केही वर्षभित्रै चार र पाँचतारे होटलमा १ हजार ५ सयदेखि २ हजार ओटासम्म कोठा थपिने होटल एशोसिएशन अफ नेपाल (हान)ले जानकारी दिएको छ ।
हस्पिटालिटी क्षेत्रको लगानी रियल इस्टेटजस्तै भएकाले तुलनात्मक रूपमा बढी सुरक्षित हुने विश्लेषणसहित होटलमा लगानी प्रतिबद्धता बढेको बताइन्छ । नेपाली पर्यटन र समग्रमा अर्थतन्त्रको भविष्य होटल व्यवसायमा देखेपछि व्यवसायीहरू यस व्यवसायतर्फ आकर्षित भइरहेको हानका महासचिव विनायक शाहले बताए । ‘लगानी नेपालीसँगै छ,’ उनले भने, ‘राजनीतिक स्थिरता भए यस्तो लगानी अझ बढ्छ ।’
गैरआवासीय नेपालीदेखि ठूला व्यापारिक घरानासमेतले होटल व्यवसायमा लगानी प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसमध्ये कतिपय होटलको निर्माण कार्यसमेत प्रारम्भ भइसकेको छ । चितवनको मेघौलीमा ‘सेभेन स्टार’ स्तरको ‘जिङ्क जर्नी चितवन’ नामक रिसोर्ट निर्माण भइरहेको चौधरी ग्रूपले जानकारी दिएको छ । सो रिसोर्टबाट सन् २०१५ को मध्यसम्म सेवा प्रारम्भ गर्ने ग्रूपको योजना छ ।
एमएस समूहले ठमेलमा चार र नक्सालमा पाँचतारे होटलको निर्माण प्रारम्भ गरिसकेको छ । त्यसपछि भक्तपुरमा पाँचतारे होटल निर्माण गर्ने समूहको योजना छ । नक्सालमा निर्माणाधीन होटलमा २ सय ३५ कोठा रहने बताइएको छ । अमेरिकी चेन होटल म्यारियोटसँगको साझेदारीमा होटल निर्माण गरिरहेको सो समूहले तीनओटा होटलमा कूल रू. ६ अर्ब लगानी हुने बताएको छ ।
त्यससँगै मुक्तिश्री प्रालि, सिल्भर हेरिटेज लिमिटेड, छायाँदेवी प्रालिलगायतले पनि सन् २०१६ भित्रै होटल सञ्चालनमा ल्याउने बताएका छन् । सिल्भर हेरिटेजले भैरहवामा टाइगर प्यालेस रिसोर्टका नाममा पाँचतारे होटल निर्माण गर्ने जानकारी दिएको छ । होटलमा अत्याधुनिक क्यासिनोको समेत सुविधा हुने बताइएको छ । छायाँदेवी प्रालिको छायाँ कम्प्लेक्स पनि हाल ठमेलमा निर्माणाधीन छ । वैद्य अर्गनाइजेशन, लक्ष्मी ग्रूपलगायतका व्यापारिक घरानाले पनि होटलमा लगानी गर्ने सार्वजनिक गरिसकेका छन् । लक्ष्मी ग्रूपले पोखरामा चारतारे स्तरको होटल निर्माण गर्दै छ ।
व्यावसायिक संस्था एकजनाका नाममा सञ्चालन भए पनि त्यसभित्र धेरै व्यवसायी आबद्ध हुने भएकाले प्रतिबद्धता व्यक्त भएका अधिकांश होटल सञ्चालनमा आउने हानका महासचिव शाहको भनाइ छ । सरकारको सन् २०२० सम्म २० लाख पर्यटन भिœयाउने प्रतिबद्धता पूरा भए नेपाली होटलले पर्यटकको सो सङ्ख्यालाई सजिलै धान्न सक्ने उनको भनाइ छ ।
होटल शेराटनको शिलान्यास शनिवार
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेको लगानीमा राजधानीमा निर्माण हुने शेराटन होटलको आगामी शनिवार शिलान्यास हुने भएको छ । केशर महलमा बन्ने सो होटल एमआईटी ग्रूप होल्डिङ नेपाल प्रालिले निर्माण गर्दै छ । २ सय कोठा रहने सो होटल सन् २०१८ अक्टोबरबाट सञ्चालनमा ल्याउने प्रालिको योजना छ ।

Comments
Post a Comment