September 10, 2014
भदौ २४, काठमाडौं - आर्थिक अनियमिततामा मुछिएको नेपाल पर्यटन बोर्डमा
आन्दोलन शुरू भएयता बोर्डको प्रमुख जिम्मेवारीअन्तर्गत
राष्ट्रिय–अन्तरराष्ट्रिय प्रवद्र्धनको काम ठप्प भएको छ । बोर्डका प्रमुख
कार्यकारी अधिकृतमाथि अनुसन्धान जारी रहनु तथा निजीक्षेत्रको बहिष्कारका
कारण बोर्ड बैठकका लागि कोरम पुग्न नसक्दा नीतिगत निर्णय हुन नसकिरहेको
बोर्डका अधिकारीहरू बताउँछन् । सरकारद्वारा गठित छानबिन समितिले सोमवार
आप्mनो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । प्रतिवेदनमा बोर्डमा नीतिगत
अनियमितता भएको भन्दै बोर्डले गरेका कतिपय निर्णय कार्यान्वयन नगर्न सुझाव
दिइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान र सरकारद्वारा गठित अर्को समितिले बोर्डको पुनःसंरचना सम्बन्धमा अनुसन्धान जारी राखेको अवस्थामा हाल बोर्डले दैनिक प्रशासनिक काम मात्र गर्दै आएको छ । बोर्डमार्फत पर्यटन सेवाशुल्क सङ्कलन कार्य भने नियमित भइरहेको बताइएको छ । आर्थिक अनियमितता बाहिर आउनुअघि बोर्ड विभिन्न राष्ट्रिय–अन्तरराष्ट्रिय प्रवद्र्धनात्मक मेला तथा कार्यक्रममा हरेक दिनजसो सहभागी हुँदै आएको थियो ।
निजीक्षेत्रका व्यवसायीहरू भने बोर्डले गर्ने अधिकांश प्रवद्र्धनात्मक कामको उपलब्धि प्रभावकारी नभएको भन्दै हाल निजीक्षेत्रबाटै प्रवद्र्धनात्मक कार्य भइरहेको बताउँछन् । ‘बोर्डमा नीतिगत रूपमै अनियमितता भइरहेको छ, त्यसमा सुधार नभएसम्म सो संस्थामार्फत हुने प्रवद्र्धन प्रभावकारी हुँदैन,’ ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थललियाले भने, ‘अहिले व्यवसायी आफैले आआफ्नो क्षेत्रको प्रवद्र्धन गरिरहेका छन् ।’ छानबिन समितिको प्रतिवेदन र त्यसको कार्यान्वयनपछि सहज वातावरण बन्ने र नियमित काम शुरू हुने अपेक्षा निजीक्षेत्रको छ । ‘बोर्डले राज्य र निजीक्षेत्र दुवैको प्रतिनिधित्व गर्छ,’ होटल एशोसिएशन अफ नेपाल (हान)का कोषाध्यक्ष घनेन्द्रबहादुर श्रेष्ठले भने, ‘त्यसकारण प्रवद्र्धनात्मक कार्यहरू नियमित हुनुपर्ने थियो ।’
बोर्डमार्पmत हुँदै आएका नयाँ गन्तव्य विस्तारसम्बन्धी अध्ययन–अनुसन्धान, नेपाल आएका पर्यटकको नियमित तथ्याङ्क अद्यावधिकजस्ता कामसमेत यतिबेला ठप्प छन् । संस्थामा अनुसन्धान जारी रहे पनि अन्य निकायलाई जिम्मेवारी नदिइएको अवस्थामा बोर्डको नियमित कामहरू अवरुद्ध हुनु नपर्नेमा बोर्डका अधिकारीहरूसमेत सहमत छन् ।

Comments
Post a Comment