चियालाई कसैले थकान मेटाईको साधन तथा कसैले पानीको अतिरिक्त माध्यमका रूपमा प्रयोग गर्छन । जुन उद्देश्यका लागि प्रयोग गरेपनि आजको दिनमा चिया एक लतका रूपमा विकास भइसकेको छ । चियाको बढ्दो प्रयोगलाई कतिपयले नकारात्मक रूपमा चित्रण गरेपनि यसको नियमित सेवनले मानव शरिरलाई निकै फाइदा पुग्ने हालै सावर्जनिक एक अध्ययनले पुष्टि गरेको छ । ‘चिया हाम्रो जीवनको अलग अलग आयाममा लाभदायक छ,’ ‘फीमेलफस्र्ट डटकम यूकेद्वारा प्रकाशित एक सामग्रीमा भनिएको छ । सो वेवसाइटका अनुसार चिया मानसिक, भावनात्मक, सामाजिक ताथ शारीरिक दृष्टिकोणबाट पनि लभादायक सेवन पदार्थ हो । वैज्ञाििचया शारीरिक सौन्दर्य, तौल कम तथा छालाको चमकपन कायम राख्नमा पनि चियाले भूमिका खेल्ने वैज्ञानिकहरूको निष्कर्ष छ । टी एडवायजरी प्यानल (टीएपी)को विशेषज्ञ टोलीले चियाबारे केही महत्वपूर्ण जानकारी उपलब्ध गराएको छ । जुन यस प्रकार छ ।
छालालाई ताजा राख्छ ः शरीरको अङ्ग, छाला तथा कोषहरूलाई पर्याप्त पानीको आवश्यकता पर्छ । नयाँ अध्ययनअनुसार प्रतिदिन ६ कपसम्म चिया सेवन गर्दा पानीको आपूर्ति पनि सँगसँगै हुने गर्छ ।
स्वस्थ त्वचाका लागि चियाको भूमिका ः त्वचालाई स्वस्थ राख्न पर्याप्त तरल पदार्थ आवश्यक छ । जुनसुकै प्रकारको चियाले पनि यसका लागि लाभदायक हुन्छ । शरीरलाई तरल बनाइराख्न चियाले सहयोग गर्छ । खासगरी गर्मी समय र काम गरिरहेको समयमा चिया पिउनु राम्रो हुन्छ ।
तौल घटाउन चियाको भूमिका ः नियमित चिया पिउनेभन्दा चिया नपिउने मानिसको वजन छिटो बढ्ने गरेको वैज्ञानिकहरूको निष्कर्ष छ । विशेषगरी कालो चिया, मसला प्रयोग नगरिएको र चीनी प्रयोग नभएको फिक्का चियामा बढी प्रयोगमा रहेका अन्य पेय पदार्थको तुलनमा कम क्यालोरी हुन्छ । जसले वजन बढ्न दिँदैन ।
सुन्दरताका लागि चिया ः चिया सेवनबाट मानव शरीरले पर्याप्त पानी प्राप्त गरिरहेको हुन्छ । त्यसले छालाको सुन्दरता कायम राख्न तथा वजन बढ्न नदिन भूमिका खेलिरहेको हुन्छ । हरेक टी ब्यागको थैलिमा सुन्दरता लुकेको हुन्छ । यसलाई तातो पानीमा डुबाएर सेवन गर्न थालेपछि मानिसले थकाईको बेला पनि भरपुर आनन्द प्राप्त गर्छ । एजेन्सी

Comments
Post a Comment