अच्युत पुरी September 30, 2014
असोज १४, काठमाडौं नेपाली एभिएशन उद्योगमा दक्ष जनशक्तिको माग बढेको छ ।
लगानी र एयरक्राप्mटको सङ्ख्यासमेत वृद्धि हुने भएसँगै एभिएशन उद्योगमा थप
जनशक्ति आवश्यक भएको एयरलाइन्स कम्पनीहरूले बताएका छन् । सन् २०१४ मा
नेपालमा दुईओटा वायुसेवा कम्पनीले एकैपटक २५÷२५ जना पाइलट माग गरिसकेका छन्
।
आगामी कात्तिक ११ गतेबाट अन्तरराष्ट्रिय उडान शुरू गर्ने योजना बनाएको
हिमालय एयरलाइन्सले हालै २५ जना पाइलट र सोही सङ्ख्यामा को–पाइलटका लागि
दरखास्त आह्वान गरेको छ । हिमालयले एयरबस कम्पनीको ए–३१९ विमानमार्फत चीनका
विभिन्न शहरमा उडान गर्दै छ । कम्पनीले १ वर्षभित्र तीनओटा जहाजबाट उडान
गर्ने योजना बनाएको छ । हिमालयले दोस्रो वर्षभित्र जहाज सङ्ख्या ५ पु¥याउने
बताएको छ । ५ वर्षमा १५ जहाजबाट उडान गर्ने घोषणा गरेको कम्पनीले सो
अवधिभित्र १ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने भएको छ ।
उता, सरकारी स्वामित्वको वायुसेवा कम्पनी नेपाल एयरलाइन्स (एनएसी)ले पनि
१ हजार रोजगारी थप गर्न लागेको बताएको छ । सोहीअनुसार एनएसीले सन् २०१४
भित्रमात्र अपरेशन इञ्जिनीयर, वरिष्ठ प्राविधिक, पाइलट, जुनियर क्याप्टेन
तथा चार्टर्ड एकाउण्टेण्टलगायत पदमा दरखास्त आह्वान गरिसकेको छ । एनएसीले
पनि यस वर्ष एकैपटक २५ जनासम्म पाइलटका लागि दरखास्त मागेको थियो । एनएसीको
नियमित तालिकाअनुसार कात्तिकसम्म आन्तरिक उडानका लागि ६ ओटा नयाँ जहाज
भित्रिँदै छन् ।
त्यसमध्ये एक विमानमार्पmत एनएसीले सेवा प्रारम्भ गरिसकेको छ । सन् २०१५
सम्म आन्तरिक र बाह्य उडानका विमान सङ्ख्या झण्डै एक दर्जन पु¥याउन लागेको
कम्पनीले आवश्यकताअनुसार जनशक्ति थप गर्दै जाने एनएसीका एक अधिकारीले बताए
। नेपाल एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि एयरबस कम्पनीका २ जहाज
भिœयाउँदै छ । जहाज सङ्ख्या बढेसँगै कम्पनीको क्षमता वृद्धि हुने भएकाले
दक्ष जनशक्ति आवश्यक पर्ने ती अधिकारीको भनाइ छ ।
एनएसीमा हाल झण्डै १ हजार ९ सय जना कर्मचारीको दरबन्दी छ । त्यसमध्ये
करारमा नियुक्त भएकासहित १ हजार ४ सय जना हाल कार्यरत छन् । साथै, नेपाली
वायुसेवा कम्पनीहरूको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि
विभिन्न प्राविधिक तथा प्रशासनिक पदमा कर्मचारी भर्ना जारी राखेको छ ।
नेपालमा अहिले १५ ओटा वायुसेवा कम्पनीले आन्तरिक उडान गरिरहेका छन् । ती
कम्पनीले ५ हजार ९ सय ३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको
संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सार्वजनिक ‘टूरिजम
इम्प्लोइमेण्ट सर्वे २०१४)मा उल्लेख छ । नेपालमा अन्तरराष्ट्रिय उडान गर्ने
कम्पनीको सङ्ख्या भने २९ पुगेको छ । ती कम्पनीमार्पmत १२ हजार ८ सय २२
जनाले रोजगारी प्राप्त गरिरहेको सर्वेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा २
सय जनाभन्दा बढी पाइलट अभैm पनि बेरोजगार रहेको अनुमान गरिन्छ ।
Comments
Post a Comment