September 1, 2014
पर्यटन विभाग’ र ‘हवाई दुर्घटना जाँच शाखा’ थप
भदौ १५, काठमाडौं - भृकुटीमण्डपस्थित पर्यटन उद्योग महाशाखाको स्थानमा पर्यटन विभाग सञ्चालन गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आप्mनो आन्तरिक संरचनामा थप परिवर्तन गर्ने भएको छ । हाल विभिन्न ७ महाशाखा र १ विभागबाट छुट्टाछुट्टै क्षेत्रलाई नियमन गर्दै आएको मन्त्रालयमा पर्यटन विभाग सञ्चालन भएसँगै महाशाखा सङ्ख्या ६ र विभाग सङ्ख्या दुई पुग्नेछ ।
अहिले एक जना सचिव र सात सहसचिवबाट सञ्चालन भइरहेको मन्त्रालयमा प्रस्तावित संरचनाअनुसार एक जना सचिव र आठ जना सहसचिव रहनेछन् । हरेक महाशाखाबाहेक पर्यटन विभागमा २ जना सहसचिव रहने बताइएको छ । पर्यटन उद्योग महाशाखालाई पर्यटन विभागमा गाभ्ने तयारी गरिरहेको मन्त्रालयले उड्डयन सुरक्षा महाशाखालाई परिमार्जन गर्दै ‘हवाई सुरक्षा तथा प्राधिकरण सुपरिवेक्षण महाशाखा’ बनाउने योजना सार्वजनिक गरेको छ ।
‘हवाई सुरक्षा तथा प्राधिकरण सुपरिवेक्षण महाशाखाअन्तर्गत ‘हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखा’ नामक छुट्टै शाखा रहनेछ । यसअघि सो शाखाको नाम हवाई सुरक्षा शाखा थियो । नयाँ नामकरण गरिएको शाखाले दुर्घटना जाँचसम्बन्धी कार्य पनि गर्ने छ । विभिन्न दुर्घटनापछि गठित समितिहरूले दुर्घटना जाँचसम्बन्धी छुट्टै शाखाको आवश्यकता औंल्याउँदै आएका थिए । ती समितिले सो शाखामार्पmत दुर्घटना न्यूनीकरणका लागि तालीम, जनचेतना तथा कानूनी आवश्यकताका विषयमा निरन्तर काम गरिरहनुपर्ने सुझाव दिएका थिए । नेपालमा दुर्घटनापछि आकस्मिक अवस्थामा दक्ष जनशक्तिको अभाव देखिँदै आएको ती समितिमा रहेर काम गर्दै आएका विज्ञहरूको गुनासो छ ।
मन्त्रालयद्वारा सार्वजनिक प्रस्तावित संरचनाअन्तर्गत यसअघि देशका विभिन्न ७ स्थानमा सञ्चालनमा रहेका पर्यटन कार्यालयलाई विभागमातहत ल्याइनेछ । पोखरा, काँकडभिट्टा, जनकपुर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नाम्चेमा पर्यटन कार्यालय सञ्चालनमा छन् । पर्यटन उद्योग महाशाखाले यसअघि हेर्दै आएका होटल, ट्राभल तथा टे«किङ कम्पनी, पर्वतारोहण, पर्यटक प्रहरीलगायत क्षेत्रको दर्ता, अनुमति, रोयल्टी निर्धारण, राजस्व सङ्कलनलगायत नियमनको काम पर्यटन विभागमार्फत हुने मन्त्रालयले जानकारी दिएको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धन र विकाससँगै पूर्वाधार निर्माणसमेत विभागमार्फत गर्ने मन्त्रालयको योजना छ । यसअघि पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनको काम नेपाल पर्यटन बोर्डमार्फत सञ्चालन हुँदै आएको थियो । आर्थिक हिनामिना तथा अनियमितताको आरोपमा बोर्ड छानबिनको दायरामा आएसँगै मन्त्रालय पर्यटन विभाग सञ्चालन गर्ने निर्णयमा पुगेको थियो ।

Comments
Post a Comment