५ महीनाभित्र चार नयाँ हेलिकोप्टर

August 14, 2014
सवा १ अर्ब लगानी 
 हाई अल्टिच्युडमा उड्ने हेलिकोप्टरप्रति आकर्षण
साउन २८, काठमाडौं । नेपाली आकाशमा पछिल्लो ५ महीनाभित्र चारओटा नयाँ हेलिकोप्टर थपिएका छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमका लागि नयाँ जहाजहरू भित्र्याउने तामझाम चलिरहँदा निजीक्षेत्रबाट सञ्चालित तीनओटा वायुसेवा कम्पनीले सो सङ्ख्यामा हेलिकोप्टर थपेका हुन् । मनाङ एयरले दुई, श्री एयरलाइन्सले एक तथा सिम्रिक एयरले एउटा हेलिकोप्टर थपेका छन् । त्यसमध्ये सिम्रिक एयरको हेलिकोप्टर भने नेपालमा अवतरण हुन बाँकी छ । अन्य दुई कम्पनीले भने ‘ब्राण्ड न्यू’ हेलिकोप्टरबाट सेवा प्रारम्भ गरिसकेका छन् । श्री एयरले गत चैतमा एयरबस कम्पनीको ‘एएस३५०बी३ई’ हेलिकोप्टर ल्याएको थियो ।

पर्वतीय उडानमा पर्यटकको भीड, आकस्मिक उद्धार तथा विभिन्न उच्चस्तरीय भ्रमणका लागि नेपालमा हेलिकोप्टरको माग उच्च रहेको व्यवसायीहरूको भनाइ छ । १ महीनाअघि मात्र उडान अनुमति प्राप्त गरेको मनाङ एयरले यस अवधिमा दुईओटा ब्राण्ड न्यू हेलिकोप्टर भिœयाएको छ । कम्पनीले फ्रान्समा निर्मित एयरबस कम्पनीको ‘एएस३५०बी३ई’ मोडलका दुई एयरक्राप्mटबाट सेवा प्रारम्भ गरिसकेको छ ।

यस अवधिभित्र सबै वायुसेवा कम्पनीले एयरबस ब्राण्डको ‘एएस३५०बी३ई’ मोडललाई रोजेका छन् । विशेषगरी बढी उचाइबाट सुरक्षित उडान गर्न सकिने भएकाले यस हेलिकोप्टरतर्पm कम्पनीहरूको आकर्षण बढेको मनाङ एयरका कर्पोरेट चीफ राजु न्यौपानेले बताए ।

उनका अनुसार यो मोडलको हेलिकोप्टर २३ हजार फिटसम्मको उचाइबाट उड्न सक्छ । नेपालमा अधिकतम १७ देखि २० हजार फिटसम्मको उचाइमा उड्न सक्ने क्षमताका हेलिकोप्टरको सङ्ख्या बढी छ ।

हेलिकोप्टरबाट फर्कन चाहने सगरमाथा आरोही, उच्च हिमाली भेगमा पदयात्राका लागि पुगेका पर्यटक तथा सो क्षेत्रमा आकस्मिक उद्धारका लागि यस प्रकारका हेलिकोप्टर उपयुक्त मानिन्छन् । नेपालमा प्राकृतिक प्रकोप, राजनीतिक कार्यक्रम र सगरमाथा आरोहण सिजनका बेला हेलिकोप्टरको अत्यधिक प्रयोग हुने गरेको व्यवसायीहरू बताउँछन् । ब्राण्ड न्यू एयरक्राप्mट खरीदका लागि कम्पनीहरूले झण्डै सवा अर्ब रुपैयाँ लगानी गरिसकेका छन् । एयरबस ब्राण्डको ‘एएस३५०बी३ई’ मोडलको बजारमूल्य २५/२६ करोड रुपैयाँ पर्ने बताइएको छ ।

Comments