अच्युत पुरी
ट्रेकिङ गाइड हुन कम्तिमा एसएलसी उत्तिर्ण हुनुपर्ने प्रस्ताव
साउन १७, काठमाडौं । टे«किङ गाइड तथा भरियाका लागि अब मापदण्डअनुसारको योग्यता अनिवार्य गरिने भएको छ । टे«किङमा जाने पर्यटकलाई स्तरिय सेवा दिन सो व्यवस्था गर्न लागिएको बताइएको छ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले गाइड तथा भरियाका लागि निश्चित योग्यता तोक्ने प्रस्ताव नेपाल एकेडेमी अफ होटल म्यानेजमेण्ट (नाथम)मा पठाएको छ । नाथममा समेत यस सम्बन्धमा छलफल भइसकेको र सञ्चालक समितिबाट पास गर्न मात्र बाँकि रहेको बताइएको छ ।
नाथमले टे«किङ मजदुरका लागि हरेक वर्ष तालीम कार्यक्रम सञ्चालन गर्र्दै आएको छ । नाथमले पर्यटक पथ प्रदर्शक, लोकल गाइड, पदयात्री पथप्रदर्शक, पदयात्रा तथा भ्रमण नाइके, जलयात्रा पथ प्रदर्शकलगायत विषयमा तालीम कार्यक्रम सञ्चालन गर्छ । यस निर्णयसँग ट्रेकिङ गाइड तथा भरियाका हकमा पनि निश्चित योग्यता लागू हुनेछ । टे«किङ गाइडका लागि न्यूनतम एसएलसी उत्तिर्ण तथा भरियाका लागि कक्षा १० सम्म पढेको हुनुपर्ने प्रस्ताव गरिएको टानका अध्यक्ष रमेश धमलाले जानकारी दिए ।
अहिले साधारण खेलपढ गर्न सक्ने हरेक नेपाली नागरिकले यो तालीम लिन पाउने प्रावधान छ । ‘एकातर्फ बजारमा शिक्षित मान्छे बेरोजगार बन्नुपर्ने बाध्यता र अर्कोतर्फ पर्यटकले समेत स्तरिय सेवा नपाउने समस्या आएपछि योग्यता तोक्न थालिएको हो,’ धमलाले भने । टे«किङ गाइड शिक्षित र लाइसेन्स प्राप्त हुनुपर्ने भन्दै उनले त्यसका लागि ‘एडभान्स’ कोर्षको तालीम लिनुपर्ने बताए । टान र विभिन्न मजदुर सङ्गठनले बीना लाइसेन्स ट्रेकिङ गाइड बन्न नपाउने सम्झौतासमेत गरिसकेका छन् । सो सम्झौता सन् २०१५ जनवरीबाट लागू हुनेछ । टे«किङ रुटमा बीना लाइसेन्स गाइडहरू भेटिँदा बेलाबेलामा विवाद उत्पन्न हुँदै आएको छ । जसको असर पर्यटकले भोग्नुपर्ने बाध्यता छ । यसअघि टानले टे«किङ मजदुरको सेवा–सुविधासमेत वृद्धि गरिसकेको छ । आगामी असोज दोस्रो साताबाट पर्यटकसँगै टे«किङमा जाने गाइड, सहायक गाइड र सहयोगीले बढेको ज्यालादर प्राप्त गर्दैछन् । टे«ेकिङ व्यवसायलाई भरपर्दो र व्यावसायिक बनाउँदै जानुपर्ने भएकाले योग्यता अनिवार्य गर्न लागिएको टानको भनाइ छ ।
यसैबीच, ट्रेकिङ गाइड र भरियाको न्यूनतम योग्यता कार्यान्वयन गर्ने सम्बन्धमा मजदुरसम्बद्ध यूनियन र ट्रेकिङ एजेन्सिहरूसँग पनि छलफल भइरहेको टानको भनाइ छ ।

Comments
Post a Comment