July 21, 2014
- ८ महीनामा ४१ नयाँ उद्योग
साउन ४, काठमाडौं । नेपालमा वैदेशिक लगानीमा सञ्चालन अनुमति प्राप्त गर्ने
पर्यटनसँग सम्बन्धित उद्योगको सङ्ख्या बढ्न थालेको छ । सरकारद्वारा हालै
सार्वजनिक आर्थिक सर्वेक्षणको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०/७१ को पहिलो
८ महीनामा पर्यटनसँग सम्बन्धित कूल ४१ ओटा नयाँ उद्योगले विदेशी लगानीका
लागि स्वीकृति पाएका छन् । रू. ५७ करोड ७२ लाख विदेशी लगानी रहने यी
उद्योगको कुल परियोजना लागत रू. १ अर्ब ६७ करोड ३७ लाख छ । यी उद्योगले कुल
१ हजार २ सय ८४ जनालाई प्रत्यक्ष रोजगारी दिने सर्वेक्षणमा उल्लेख उद्योग
विभागको तथ्याङ्कमा उल्लेख छ ।
गत आवको सो अवधिमा सबैभन्दा बढी सेवा उद्योगतर्पm ५२ ओटा नयाँ उद्योगले विदेशी लगानीका लागि स्वीकृति पाएका छन् । सो अवधिमा विदेशी लगानीमा सञ्चालनको अनुमति पाएका उत्पादनमूलक उद्योगको सङ्ख्या २१ मात्र छ । आर्थिक वर्ष २०६९/७० सम्म वैदेशिक लगानी हुने कुल उद्योगको सङ्ख्याका आधारमा पर्यटन क्षेत्र तेस्रो स्थानमा थियो । उत्पादनमूलक क्षेत्र र सेवा क्षेत्र क्रमशः पहिलो र दोस्रो स्थानमा थिए । तर, सो वर्षमात्र अनुमति पाउने पर्यटन उद्योगको सङ्ख्या भने अन्य क्षेत्रको तुलनामा बढी थियो । सो क्रमले यस वर्ष पनि निरन्तरता पाएको छ ।
पछिल्लोपटक स्वीकृति लिएकासँगै नेपालमा वैदेशिक लगानीमा सञ्चालित पर्यटन उद्योगको सङ्ख्या ७ सय ५५ पुगेको छ । आर्थिक वर्ष २०६९÷७० सम्म नेपालमा यस्ता उद्योगको सङ्ख्या ७ सय १४ थियो । सो वर्ष मात्र ८९ ओटा पर्यटन उद्योगले वैदेशिक लगानीमा सञ्चालन हुने गरी अनुमति पाएका थिए । पछिल्लो तथ्याङ्कअनुसार वैदेशिक लगानीमा सञ्चालित पर्यटन उद्योगले नेपालमा कुल ३२ हजार ८६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् । ती उद्योगमार्फत १३ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ विदेशी लगानी भएको छ ।
नेपालमा होटलसँगै अन्य विशुद्ध पर्यटन उद्योगमा पनि विदेशी लगानी आउन थालेको भए त्यो सकारात्मक भएको पर्यटन व्यवसायीहरूको प्रतिक्रिया छ । नेपालको कुनै पनि क्षेत्रमा विदेशी लगानी बढ्न थाल्नुको अर्थ लगानीयोग्य वातावरण बन्दै गएको सङ्केतका रूपमा लिन सकिने प्रेसिडेण्ट ग्रूप अफ कम्पनिजका अध्यक्ष तथा पर्यटन व्यवसायी भोला थापाले बताए । तर, सरकारी संयन्त्रमा हुने ढिलासुस्ती तथा प्रक्रियागत कठिनाइले अभैm पनि वैदेशिक लगानीलाई आकर्षित गर्न नसकिरहेको उनको भनाइ छ ।

Comments
Post a Comment