के ठूला मिडियाको काम सधै पाठकलाई मूर्खमात्र बनाइरहने मात्र हो र ?

  २०७१ साल असार ३२ गतेको नागरिक दैनिकमा प्रकाशित यो समाचारले फुटबल बुझेका पाठकलाई एक पटक रिङ्गटा लगाउँछ । पढ्नुस  त

सन् १९९६ सँग केही समानता 

  • बुधबार ३२ असार, २०७१
  • एपी
  • रियो द जेनेरियो– विश्वकप फाइनलको साँझ अर्जेन्टिनाका प्रशिक्षक एलेहान्द्रो साबेलाले अहिले र सन् १९८६ मा केही समानता रहेको बताएका थिए।
    १९९८ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो। तर, उनले दाबी गरेजस्तो टोलीले नतिजा दिन सकेन। फाइनलको पराजयले टोलीको तुलना १९९० को टोलीसँग भएको छ। त्यतिबेलाफाइनलमा पनि अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो। २४ वर्षपछि उपाधि जित्दा फेरि पनि जर्मनीले अर्जेन्टिनालाई सोही अन्तरमा हरायो।
    साविक विजेतामा १९९० को विश्वकप खेल्दा अर्जेन्टिनाको प्रदर्शन रक्षात्मक रणनीतिमा उत्रेको थियो भने जसमा पूरै टोली म्याराडोना वरिपरि घुमेको थियो। त्यति बेला अर्जेन्टिनाले चार वर्षअघिजस्तो प्रदर्शन दोहोर्या उन सकेन।
    यसपटक अर्जेन्टिनी टोली चारपटकका विश्व वर्ष खेलाडी लियोनल मेसी वरिपरि घुम्यो। १९९० मा जस्तै रक्षापंक्तिमा सफल देखिएपछि टोली गोल भने भने संर्घषरत रह्यो।
    ‘दोस्रो स्थानमा सीमित भएर फर्कदा त्यहाँ केही पनि सकारात्मक हुँदैन,' टोलीका रक्षक मार्टिन डिमिचिल्सले भने, ‘विश्वकप नजिती अर्जेन्टिना फर्कनुपर्दा साँच्चै पीडा हुन्छ।'
    यद्यपि अर्जेन्टिनासम्म पुग्नु कतिका लागि आश्चर्यजनक थियो। टोली निकै संघर्षका साथ समूह चरण पार गर्दै अघि बढेको थियो। आर्थिक संकटबाट ग्रुजिरहेको देशका जनतालाई विश्वकपमा टोलीले दिलाएको सफलताले विस्तारै एकताको भावना पैदा गरेको थियो। दसौं हजार समर्थक टोलीको हौसला बढाउन ब्राजिल पुगेका थिए। समर्थकको उपस्थितिले विश्वकपलाई रंगिन पनि बनायो।
    १९९० को विश्वकपको दोस्रो चरणमा क्लाडियो क्यानेजियाको गोलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो। समर्थकले त्यतिबेला गाएको गीत यसपटक फाइनलमा पनि दोहोर्या ए। यद्यपि यसपटकप्रतिद्वन्द्वी ब्राजिल नभएर जर्मनी थियो। तर फाइनलमा अर्जेन्टिनाले बलियो जर्मनीको चुनौती पार लगाउन सकेन र १९९० मा जस्तै उपविजेतामा चित्त बुझाउनुपर्योज।
    फाइनलमा ६० प्रतिशत बल पोसेसन राखेको जर्मनीले गोलका लागि सातपटक आक्रमण गरेको थियो। काउन्टर एट्याकमा खतरनाक देखिएको थियो। तर अर्जेन्टिनाले त्यस्तो केही गर्न सकेन। यद्यपि लियोनल मेसी, गोन्जालो हिग्विन र रोड्रिगो पालासियाले मौका पाएका थिए।
    ‘मलाई लाग्छ जित्नका लागि हामीले हरसम्भव प्रयास गर्यौंय,' टोलीका डिफेन्सिभ मिडफिल्डर हाभियर मास्चेरानोले भने, ‘हामीले जसरी खेल्यौं व्यक्तिगत रूपमा त्यसमा मलाई गर्व छ। हामी अर्जेन्टिनाका लागि उपाधि जित्न चाहन्थ्यौं। त्यसमा असफल भएकोमा पीडा छ। देशको प्रतिनिधित्व गर्ने क्रममा हामीले जति सक्दो राम्रो गर्ने प्रयास गर्यौंए।'

    http://www.nagariknews.com/sports/football/story/21330.html

Comments