July 22, 2014
साउन २८ देखि स्पाइस जेटको ‘कोलकात्ता–बागडोग्रा–काठमाडौं’ उडान

साउन
५, काठमाडौं । भारतको चर्चित पर्यटकीय क्षेत्र दार्जीलिङ जिल्लासँग
नेपालको सीधा हवाई सम्पर्क कायम हुने भएको छ । भारतको बजेट एयरलाइन्स
स्पाइस जेटले पश्चिम बङ्गाल राज्यको उक्त जिल्लामा रहेको बागडोग्रा
विमानस्थलबाट काठमाडौंमा सीधा उडान गर्ने घोषणा गरेको छ । सो घोषणासँगै
दार्जीलिङ क्षेत्रबाट काठमाडौं आउन र काठमाडौंबाट सो जिल्लामा जाने यात्रु
तथा पर्यटकलाई सहयोग पुग्ने भएको छ । सो विमानस्थलबाट कुनै पनि एयरलाइन्स
कम्पनीले अहिलेसम्म अन्तरराष्ट्रिय उडान गरेका छैनन् । बागडोग्रा
विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्ने स्पाइस जेट पहिलो विमानसेवा कम्पनी
बन्दै छ ।
सो कम्पनीले कोलकत्ता–बागडोग्रा–काठमाडौं रूटमा यही साउन २८ गतेदेखि उडान गर्ने घोषणा गरेको छ । स्पाइस जेटले यसअघि नयाँ दिल्ली–काठमाडौं रूटमा साताको ११ ओटा उडान गर्दै आएको छ । कोलकत्ता–बागडोग्रा–काठमाडौं रूटमा साताको ३ दिन उडान भर्ने कम्पनीको योजना छ । कम्पनीले सोमवार, बुधवार र शुक्रवार काठमाडौंका लागि उडान गर्नेछ ।
नयाँ रूटबाट उडान थाले पनि नयाँ दिल्ली–काठमाडौं रूटको उडान सङ्ख्या भने यथावत् रहने कम्पनीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । ‘पश्चिम बङ्गालबाट यो हाम्रो पहिलो अन्तरराष्ट्रिय उडान हो, स्पाइस जेट कम्पनीका चीफ कमर्शियल अफिसर कानेश्वरन अभिलीले भनेका छन्, ‘यो उडान पर्यटन क्षेत्रको सहजीकरणका लागि मात्र होइन, दुई छिमेकी राष्ट्रको व्यापार विस्तारका लागि पनि महŒवपूर्ण साबित हुनेछ ।’
यी दुवै रूटमा कम्पनीले ‘बोइङ ७३७ नेक्ष्ट जेनेरेशन’ विमानबाट सेवा दिनेबताएको छ ।
काठमाडौंमा उडान शुरू भएसँगै कोलकाता–बागडोग्रा रूटमा कम्पनीको उडान सङ्ख्या १० पुग्नेछ । कम्पनीले हाल ४८ गन्तव्यमा दैनिक ३ सय ४० ओटा उडान गर्दै आएको छ । त्यसमध्ये ४१ गन्तव्य भारतभित्र र सात अन्तरराष्ट्रिय गन्तव्य छन् । कोलकाता–बागडोग्रा–काठमाडौं रूटमा कम्पनीले वैधानिक कर र शुल्कबाहेक ४ हजार २ सय ८९ भारतीय रुपैयाँ भाडा कायम गरेको छ । सो भाडादर प्रवद्र्धनात्मक शुल्कस्वरूप कायम भएको र सो अफर प्रथम १ हजार सीटसम्मका लागि मात्र लागू हुने बताइएको छ ।

Comments
Post a Comment