July 4, 2014
३ महीनामा ३१ नयाँ कम्पनी थपिए
असार १९, काठमाडौं । ट्रेकिङ व्यवसायमा युवा पुस्ता आकर्षित हुन थालेसँगै ‘ट्रेकिङ एजेन्सी’हरूको दर्ता बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१४ को पहिलो ३ महीनामा ३१ ओटा नयाँ ट्रेकिङ एजेन्सी थपिएका छन् । सन् २०१३ मा कुल ९१ ओटा नयाँ कम्पनी थपिएका थिए । नेपालको आर्थिक विकासको मेरूदण्ड मानिएको पर्यटनमा नयाँ पुस्ता आकर्षित भएपछि यस प्रकारका कम्पनी खुल्ने क्रम बढेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले बताए । वैदेशिक रोजगारीबाट फर्किएका युवा र अनुभवी गाइडको आफ्नै कम्पनी खोल्ने चाहनाले पर्यटनमा नयाँ ‘प्रडक्ट’ र कम्पनी थप भइरहेको उनको भनाइ छ । सरकारी तथ्याङ्कअनुसार नेपालमा ट्रेकिङ एजेन्सीको सङ्ख्या झण्डै १ हजार ७ सयको हाराहारी पुगेको छ । यी कम्पनीले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएका छन् । नेपालमा ठूला ट्रेकिङ एजेन्सीहरूले ७० जनादेखि १ सय जनासम्मलाई प्रत्यक्ष रोजगारी दिन सक्ने अनुमान छ । टानका अनुसार ५ देखि ७ लाख रुपैयाँ लगानीमा एउटा ट्रेकिङ एजेन्सी स्थापना गर्न सकिन्छ ।
पछिल्लो समय हवाई मार्ग प्रयोग गरी नेपाल आउने पर्यटकको सङ्ख्या केही ओरालो लागे पनि यससँग सम्बन्धित कम्पनी खोल्ने क्रम भने बढेको छ । उपत्यकाभन्दा बाहिरका विभिन्न गन्तव्यमा प्याकेजसहित पर्यटक पुर्याउन थालिएको छ । नयाँनयाँ गन्तव्यको पहिचानसँगै यस व्यवसायमा लगानी विस्तार हुन थालेको व्यवसायीहरू बताउँछन् । ट्रेकिङ रुटहरू सुविधा–सम्पन्न बन्दै जानु, भौतिक पूर्वाधार विस्तार हुनु, विभिन्न स्थानमा पर्यटक प्रहरीको उपस्थिति बढ्नु तथा शान्ति–सुरक्षामा सुधार भएसँगै ट्रेकिङमा पर्यटकको आकर्षण बढेको उनीहरूको भनाइ छ । ‘कडा मेहनत गर्नु परे पनि छिटै लगानी उठ्ने तथा थोरै लगानीमा समेत राम्रो आम्दानी हुने देखेपछि युवा पुस्ता ट्रेकिङ व्यवसायमा लागेको छ,’ धमलाले भने ।
पर्यटन व्यवसायसँग सम्बन्धित अधिकांश कम्पनी काठमाडौं केन्द्रित छन् । अन्तरराष्ट्रिय विमानस्थल रहने तथा यातायातको सहज सुविधा भएका स्थानमा स्वाभाविक रूपमा यस प्रकारका कम्पनी बढी खुल्ने धमलाले बताए ।
पोखरा र भैरहवामा प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि उपत्यकाबाहिर पनि यस प्रकारका कम्पनी विस्तार हुन थाल्ने उनको भनाइ छ । हाल उपत्यकाभन्दा बाहेक पोखरा, सौराहा, लुम्बनीलगायत मुख्य पर्यटकीय स्थानमा समेत ट्रेकिङ कम्पनी खुल्न थालेको टानले जानकारी दिएको छ । २०६२/६३ को राजनीतिक परिवर्तनपछि ट्रेकिङ एजेन्सिजको सङ्ख्या ह्वात्तै बढेको हो । मन्त्रालयको तथ्याङ्कअनुसार २०६२ सालसम्म देशभर ६ सयको हाराहारीमा मात्र ट्रेकिङ एजेन्सिज दर्ता भएका थिए । त्यसअघि २०६० सालदेखि २ वर्षसम्म नयाँ खुल्ने कम्पनीको सङ्ख्या नगन्य थियो । सरकारले २०२७ सालयता ट्रेकिङ एजेन्सिज कम्पनीलाई नयाँ दर्ता तथा नवीकरण अध्यावधिक गर्दै आएको पाइएको छ ।

Comments
Post a Comment