अच्युत पुरी
झण्डै दूई दशक अगाडी कच्चि बाटो निर्माण भएसँगै बस पुगेको गुल्मीको सुदुरपश्चिम गाविस मर्भूङको केन्द्र सिमलटारी । यस पङ्क्तीकारले जान्ने भएदेखि वर्षाको समयमै सही तर, सवारी साधन उपलब्ध थियो । इलाका स्तरिय प्रहरी चौकीको दरवन्दी, जिल्लाकै सबैभन्दा अनुशासित विद्यालयका रुपमा चर्चित मालिका उच्च माध्यामिक विद्यालय, जिल्लाका राजनीतिकर्मी तथा कर्मचारीको लोकप्रिय स्थल जो विभिन्न बाहनामा बिदा मनाउन एक दिन भएपनि सिमलटारी पुगेका हुन्थे । मालिका माविको कीर्ति जिल्लाभर । शिक्षक भलिबल प्रतियोगितामा कहिल्यै दोस्रो हुन नजानको मालिका माविमा हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप आयोजना हुने । विद्यार्थी त्यस्तै टाठाबाठा । देशविदेशका सबै खबरका जानकार । विद्यार्थीलाई राम्रो शिक्षा दिने उद्देश्यले काठमाडौं, इलामलगायत क्षेत्रबाट गणित, विज्ञान, नेपाली, अङ्ग्रेजीका विज्ञ शिक्षकहरुको जमघट ।
आसपासका झण्डै १ दर्जन गाविसको किनमेल, घडि रेडियो मर्मत, सुन चाँदीका गरगहना खरीद तथा मर्मत, जोडीजोडी मिलेर फोटो खिचाउने र त्यसलाई मायाको चिनोस्वरुप संगालेर राख्नेहरुको भिडले सिमलटारी बजार भरिभराउ हुन्थ्यो । जिल्लामा क्रियासिल राजनीतिकर्मीको रोजाईको क्षेत्र भएर पनि होला । हरेक महिना एकएक ओटा राजनीतिक दलको सांस्कृतिक कार्यक्रम । त्यो पनि रातमा । कसैको डर थिएन । घरबाट आमा, भाउजु, दिदीबहिनी बिना सङ्कोच कार्यक्रम हेरेर रातको १०÷११ बजे घर पुगेर सुत्थे भने बुबा, काका र दाजुभाईको त के कुरा ।
हरेक दिनजसो पिकनिक कार्यक्रम आयोजना हुन्थे । आजभन्दा १ दशकअघिसम्म पनि विद्यालयमा झण्डै १ हजार ५ सय विद्यार्थी पुग्थे औसतःमा । पिकनिक आयोजना गर्दा घरपालुवा खसी बोकाले सजिलै बजार पाउँथे । सागसब्जी त किन्ने चलन नै शुरु भएको थिएन । गाउँमा भाइचारा थियो । यतिसम्म की माओवादी द्धन्द्ध चरम उत्कर्षमा पुगेको बेला पनि यस भेगलाई त्यति सारो प्रभाव पारेको थिएन । दलहरु खुलेआम आफ्ना गतिविधि गर्न र हिँडडुल गर्न पाउँथे । कसैको नराम्रो सुन्नु परेको थिएन ।
बजारमा टेलिफोनको सुविधा निकै अघि पुगेको हो । बजारमा रहेको टेलिफोनमा नेपालका विभिन्न क्षेत्र र भारतबाट कोही आफन्तको फोन आयो भने सो परिवार गाउँमा निकै ठूलो मानिन्थ्यो । यसका पनि शहरमा मान्छे रहेछन् भनेर । सरकारी र गैरसरकारी परियोजनाहरु आइरहन्थे । बेलैमा खानेपानी आयोजना पुगेका कारण कम्तिमा बजार क्षेत्रका बासिन्दाले खानेपानीका लागि त्यति धेरै दुख गर्नु परेन ।
यस पङ्तिकारले उच्च शिक्षा अध्ययन र आफ्नो उज्जवल भविश्यको खोजीको बाहनामा सिमलटारी बजार छोडेको पनि झण्डै एक दशक नाघ्दैछ । मिलेसम्म हरेक वर्ष दशैं या तिहारको मौकामा आफ्नो बाबाआमाको काखमा फर्कने पङ्क्तिकारलाई सिमलटारी अहिले कस्तो छ ? त्यसको खासै हेक्का हुँदैनथ्यो । किनकी यसै बाहनामा देशविदेशबाट फर्किएका मानिसको जमातले सवारी साधन र बाटोको भिडमा ऊ सबै बिर्सन्थ्यो । तर, २०७१ साल वैशाख अन्तिम साता एक दुखदः घटना (हजुरआमाको देहान्त)का कारण ऊसलाई बेमौसममा सिमलटारी यात्राको मौका मिल्यो । सो क्षेत्रमा झण्डै १० दिन बितायो । फर्कदाँ उसलाई लाग्यो, अब त्यो सिमलटारी रहेन, जतिबेला म गुच्चा खेल्थेँ, पौडी खेल्थँे र काफल र ऐसलु टिप्न जङ्गल धाउँथे ।
यस क्षेत्रमा दुई दशकको बीचमा अगुवा फेरिएका छैनन्, हर्ताकर्ता फेरिएका छैनन्, राजनीतिक दलका नेतृत्व फेरिएका छैनन् । संसदमा प्रतिनिधित्व गर्ने नेता फेरिएका छैनन, अनी कसरी फेरियोस त सिमलटारी ? तर, आज हरेक घरमा एउटा समानता छ । १६ वर्षभन्दा माथिको केटा मान्छे घरमा फेला पार्न गाह्रो भएछ । यो पंक्तिकारले गुच्छा खेलेर रमाएका खेतमा चट्टानी घर बन्दै रहेछन् । गाउँमा लामो समय शासन चलाएका ब्राह्मण समुदाय लगभग गाउँबाट पलायन भइसकेछन् । उनीहरुका घरबारी प्रारम्भमा दभिएको समूदायका रुपमा रहेको दलित तथा जनजाती समुदायले खरीद गरी सम्मानका साथ प्रयोग गरिरहेका छन् ।
गाउँमा सहयोगी हात फेला पार्न गाह्रो भइसकेछ । छरछिमेकमा सुखद दुखद घटनाका बेला सहयोग गर्नुभन्दा ज्यालामा मात्र काम गर्ने प्रवृति बढेछ । गाउँका बुढापाका दिक्क छन्, जतिबेला उनीहरुले अरुलाई सहयोग गरे, केही स्वार्थ राखेनन्, आज आफूलाई पर्दा हरेक चिज पैसामा खरीद गर्नुपर्छ, यति सम्म की सहयोग पनि खरीद योग्य वस्तु भइसकेछ । पंक्तिकारलाई लाग्यो, अब गाउँघर पनि व्यावसायिक बनेछ ।
जनताले अली बढी आश गरेका एक जना नेता संविधानसभाको पहिलो निर्वाचनमा पराजित भइकन पनि मन्त्री हुँदा केन्द्रमा ठूलो वाहवाही कमाए । एकातर्फ आफू हारेको क्षेत्र किन हेरिरहनु, अर्कोतर्फ केन्द्रमा काम गर्दा आफ्नो क्षेत्र हेर्नै पाएनन् । दोस्रो संविधानसभा निर्वाचनमा मन्त्री हुनै पाएनन, अब कसरी योजना पार्नु । यही मेसोमा अड्किएको विद्युतिकरणका कारण एक्काइसौं शताब्दीको जमानामा पनि यो क्षेत्रमा विजुली बलेको छैन । दूई दशक अगाडीदेखि बस चल्न शुरु गरेको मोटरबाटो झनपछि झन कहाली लाग्दो बन्दैछ । एक जना सङ्गी भन्दै थिए, ‘दुई वर्ष विदेश बसेर घर फर्कदा तीन घण्टाको कच्चि बाटोको यात्राले एक हप्ता सुतायो ।’ विकासे योजनालाई भोट बैङ्कका रुपमा प्रयोग गर्ने यस भेगका सबै राजनीतिक दलले जनताको भावना माथि निरन्तर प्रहार गरिरहेको अनुभव भयो । यसवर्ष केही गुल्मेली निजामती अगुवाको सक्रियतामा बाटो पिच हुने योजना परेको खबर आएपनि त्यसको कार्यप्रगति शुन्य देखियो । यसैको परिणाम आज यस क्षेत्रले अत्यधिक बसाइसराईको सामना गरिरहनु भएको छ । स्मरण रहोस, गुल्मी सबैभन्दा बढी साक्षर जनसङ्ख्या तथा धेरै गाविसमा मोटरबाटो सुविधा पुग्ने जिल्लाहरु मध्ये पनि एक हो ।
श्रीमान विदेशमा, छोरा विदेशमा, दाजुभाई विदेशमा, बुबा विदेशमा, त्यसो भए मैले किन यो पहाडमा दुख गर्ने ? आज यस भेगका हरेकको मुखबाट निस्कने शब्द हो । त्यसैले काठमाडौं, बुटवल र सदरमुकाम तमघासमा घरेडी खरीद बसाईसराई गर्नेको ठूलो जमात छ । आफ्ना मान्छे विदेशमा हुने सिमलटारीबाटै पलायन हुँदैछन् । अर्कोतर्फ दुई चार पैसा कमाएर निर्वाह चलाइरहेका परिवारको विजोग छ । खेतपाती नगरी खान नपुग्ने यस्ता परिवारले त्यसका लागि खेताला पाउन छाडेका छन् । कामदार अभावले गाउँमा काम गर्ने मान्छेको भाउसमेत यति बढेछ की, उनीहरुको ज्याला खेतिपातीको उब्जाउभन्दा ज्यादै धेरै छ ।
दशैंघरमा महानवमीका दिन बज्नुबाहेक गाउँमा पञ्चैबाजा बज्न छाडेछन् । विवाहले समेत विकृत रुप लिन थालेछ । पढेकी बुहारीले विहेअघि ‘शहर या तराई लगेर राख्ने भएमात्र विहे गर्छु’ भन्ने शर्त राख्न थालिछन् । ‘बुढाबुढी भएका बाआमाको स्याहार, खेतिपाती र वस्तुभाउको पनि स्याहार गर्छु । तर, मलाई तपाईंको जिन्दगीभरको साथ चाहिन्छ’ भन्ने शर्त सुन्न पाइदैंन रहेछ । बुढाुबढी आमाबाबा पनि छोराको खुसीका लागि ‘बिहे गर बरु तिमीसँगै शहर लैजाउ, हाम्रो चिन्ता नगर’ भन्न थालेछन् । सरकारी जागीर (निजामती, जङ्गी) अथवा विदेश गएका केटाबाहेकलाई विवाहका लागि कन्या पाउन गाह्रो रहेछ । त्यसकारण पंक्तिकारको सुझावः ‘यदि तपाई शहरको निजी क्षेत्रमा काम गरेर जति धेरै कमाएपनि गाउँमा मागेर विहे गर्न कठिन पर्ला । बेलैमा प्रेम विवाहतर्फ सोच्नुहोस ।’ विहेमा व्यावसायिकरण !
तर, अझै पनि केही विग्रिसकेको छैन् । पंक्तिकारलाई लाग्यो, ‘पढेलेखेका आधुनिक युवाले यस भेगको नेतृत्व लिँदा, विदेशमा रगत पसिना बगाउने दाजुभाईले आफ्नो श्रमको मूल्य घडेरी र विलासिताका सामान खरीदमा भन्दा यस क्षेत्रको व्यावसायिक उत्पादन बढाउनमा लगाउँदा, बिना मूल्यमा दोहन भइरहेका यस क्षेत्रका प्राकृतिक सम्पदाको संरक्षण गर्दा, मालिका उमाविलाई एक अनुशासित विद्यार्थी उत्पादन गर्ने सरस्वतिको मन्दिरका रुपमा कायम राख्दा, यस भेगको विकासका नाममा आजसम्म आएको रकमको हिसावकितावको खोजिनीति गर्दा नहुने केही छैन । यसका लागि सबैमा सकारात्मक सोँच र त्यागको भावना जगाउनु जरुरी छ ।
कहाँ पर्छ सिमलटारी ?
पश्चिमाञ्चल विकास क्षेत्रस्थित लुम्बिनी अञ्चलमा पर्ने एक पहाडी जिल्ला हो गुल्मी । गुल्मीको सूदूरपश्चिममा पर्ने मर्भुङ गाविसको केन्द्र हो सिमलटारी बजार । गुल्मीको सदरमुकाम तमघासबाट २९ किलोमिटर कच्चि सडक यात्रा पछि सो बजारमा पुग्न सकिन्छ । २९ किलोमिटर सडकभित्र गर्ने छल्दी पनाहा खोलामा झण्डै ७० ओटा घाट बसले तर्नुपर्छ । त्यसपछि धनार्जी, राङदल, चौरासी, फूलबारी, किसानटारी हुँदै झण्डै तीन घण्टाको यात्रामा सिमलटारी पुग्न सकिन्छ । झण्डै १ सय घरधुरी रहेको यो बजार क्षेत्रमा एक दशक अगाडीसम्म निकै ठूलो चहलपहल हुन्थ्यो । आज हिउँदको समयमा काठमाडौं, बुटवल र तमघासका लागि नियमित बस सञ्चालनबाहेक बीना उपलब्धी विकासको पखाईमा बसिरहेको छ ।
achutmalika@gmail.com

Comments
Post a Comment