असार ११, काठमाडौं । लुम्बिनी क्षेत्रको विकासलाई समेटेर तयार पारिएको
बृहत् गुरुयोजनाको अन्तिम खाका सार्वजनिक गरिएको छ । गुरुयोजनाले सन् २०३०
सम्म लुम्बिनीलाई ‘इको सिटी’, ‘पीस सिटी’ तथा ‘हेरिटेज सिटी’का रूपमा
स्थापित गर्ने उद्देश्य लिएको छ । व्यवस्थित शहरका रूपमा विकास गर्दै
आध्यात्मिक मूल्यमान्यता झल्काउने गरी लुम्बिनी क्षेत्रको भौतिक संरचना
निर्माण गर्ने लक्ष्य गुरुयोजनाले लिएको छ । कोरिया इण्टरनेशनल कर्पोरेशन
एजेन्सी (कोइका)को तयार पारेको उक्त गुरुयोजना तयार पार्नेबारे २ वर्षअघि
नेपाल सरकार र कोरियाली सरकारबीच सम्झौता भएको थियो ।
‘माष्टर प्लान फर लुम्बिनी वल्र्ड पिस सिटी’ नाम दिइएको सो गुरुयोजना निर्माण कार्य सन् २०१२ जनवरीबाट शुरू भएको थियो । २ वर्ष लगाएर तयार पारिएको गुरुयोजनाका लागि हालसम्म २० लाख अमेरिकी डलर (झण्डै २० करोड रुपैयाँ) खर्च भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी कोइकाले गुरुयोजनाको अन्तिम रूप सार्वजनिक गरेको हो ।
तीन चरणमा सम्पन्न गर्ने लक्ष्य रहेको गुरुयोजनाले लुम्बिनी क्षेत्रको ६४ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ । लुम्बिनी क्षेत्रको महŒवलाई विश्वभर पु¥याउँदै विश्वभरका नागरिक बस्न सक्ने एक ‘शान्तिनगर’का रूपमा स्थापित गर्ने लक्ष्य राखिएको गुरुयोजना निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका प्रा. क्वाक योङ हुनले बताए ।

दोस्रो चरण (२०२१–२०२५) सम्म ‘एप्पल वे’को निर्माण सम्पन्न गर्दै लुम्बिनीको आन्तरिक विकास सकाउने योजना गुरुयोजनाको छ । गुरुयोजनाको अन्तिम तथा फाइनल चरण (सन् २०३०सम्म)मा भने भित्री चक्रपथ निर्माणसँगै दोस्रो चरणमा शुरू सम्पूर्ण योजना पूरा गर्दै गुरुयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गुरुयोजनाका लागि आवश्यक लगानी भने सार्वजनिक गरिएको छैन ।
‘लुम्बिनीमा विदेशी लगानी आवश्यक छ’
यसैबीच सरकारी अधिकारीहरूले लुम्बिनी क्षेत्र विश्वको साझा सम्पत्ति रहेको भन्दै यसको विकासमा विदेशी लगानी आवश्यक रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यले अन्तरराष्ट्रिय विकास साझेदारहरूलाई लुम्बिनी क्षेत्रको विकासमा लगानी गर्न आह्वान गरे ।
Comments
Post a Comment