June 23, 2014
असार ८, काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन बाँकी सबै
जहाजको दर्ता प्रक्रिया सोही मुलुकमा पूरा गर्ने तयारी गरेको छ । चीनबाट
अनुदानमा प्राप्त ‘एम६०’ जहाजका लागि नेपाली दर्ता नम्बर लिन लामो झन्झट र
समय बेहोर्नु परेपछि बाँकी जहाजको दर्ता चीनबाटै गर्ने तयारीमा निगम पुगेको
हो । ‘निर्धारित समयभन्दा केही बढी समय लगाएर भए पनि दर्तालगायत प्रक्रिया
चीनमा नै सक्ने योजना छ,’ निगमका प्रवक्ता रामहरि शर्माले भने । निगमको सो
योजनापछि जहाजहरू नेपाल आइपुग्ने समयमा भने फेरबदल हुने भएको छ । नेपाल
भित्र्याएको झण्डै २ महीनासम्म पनि एम६० बाट व्यावसायिक उडान शुरू गर्न
नसकेपछि निगमको आलोचना हुँदै आएको छ ।
खरीद तथा अनुदानमा प्राप्त हुने सबै जहाजको चीनमा दर्ता खारेज भएको र
नेपालमा दर्ता भएको आधिकारिक प्रमाणपत्रको प्रक्रिया जहाज नेपाल ल्याउनुअघि
नै पूरा गर्ने निगमको योजना छ । ‘त्यसपछि एम६० को तुलनामा अन्य जहाजहरूले
छिटो व्यावसायिक उडान थाल्नेछन्,’ शर्माले भने । अधिकांश प्रक्रिया चीनमै
सक्दा आधाभन्दा बढी समय बचत हुने बताइएको छ ।
सोही कारण चीनले अनुदानमा प्रदान गर्न लागेको १९ सीट क्षमताको ‘वाई–१२
ई’ जहाज जुन ३० मा नेपाल ल्याउने निगमको योजना प्रभावित हुने भएको छ ।
शर्माका अनुसार जहाज प्रदान गर्ने प्रक्रियास्वरूप चीनले निगमबाट
प्रतिनिधिलाई बोलाएको छ । निगमका प्रतिनिधि यसै साता चीन जाँदै छन् । तर,
चीनबाट पूरा गर्न सकिने सबै प्रक्रिया सोही मुलुकमा गर्ने निगमको योजनाले
सो जहाज निर्धारित समयमा नेपाल आउन नसक्ने बताइएको छ । ‘प्रक्रिया पूरा
गर्दा एक/डेढ साता ढिला हुन्छ,’ शर्माले भने, ‘तर, त्यो ढिलाइपछि भने
नेपालमा जहाजले छिटो उडान गर्न पाउँछ ।’
चीनले नेपाललाई दुईओटा जहाज अनुदानमा र चारओटा जहाज सहुलियतपूर्ण ऋणमा
प्रदान गर्दै छ । त्यसमध्ये प्राप्त ५६ सीट क्षमताको एम–६० जहाज गत वैशाख
१४ गते नेपाल आइपुगेको हो । अनुदानमै प्राप्त १९ सीट क्षमताको ‘वाई–१२ ई’
जुन ३० मा नेपाल आउने कार्यक्रम थियो । सहुलियतपूर्ण ऋणमा प्राप्त हुने
अन्य चार जहाज भने आगामी कात्तिकसम्म नेपाल ल्याउने निगमको योजना छ ।
एम ६० को व्यावसायिक उडान बुधवारबाट
यसैबीच, निगमले एम६० जहाजबाट आगामी बुधवारदेखि व्यावसायिक उडान थाल्ने भएको छ । यसअघि असार १५ बाट उडान थाल्ने योजनामा रहेको निगमले त्यसअघि नै प्रक्रिया पूरा भएपछि व्यावसायिक उडान शुरू गर्न लागेको शर्माले जानकारी दिए ।
एम ६० को व्यावसायिक उडान बुधवारबाट
यसैबीच, निगमले एम६० जहाजबाट आगामी बुधवारदेखि व्यावसायिक उडान थाल्ने भएको छ । यसअघि असार १५ बाट उडान थाल्ने योजनामा रहेको निगमले त्यसअघि नै प्रक्रिया पूरा भएपछि व्यावसायिक उडान शुरू गर्न लागेको शर्माले जानकारी दिए ।
Comments
Post a Comment