April 3, 2014
बैशाख १३ गते काठमाडौं आइपुग्ने
चैत २०, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी नेपाल एयरलाइन्सले २६ वर्षपछि आन्तरिक उडानका लागि ‘ब्राण्ड न्यू’ विमान प्राप्त गरेको छ । चीन सरकारले अनुदानअन्तर्गत प्रदान गर्ने दुई विमानमध्ये ‘एमए६०’ मोडलको विमान विहीवार नेपाललाई हस्तान्तरण गरेको हो । चीनको सियानमा आयोजित एक समारोहमा नेपाल वायुसेवा निगमका महाप्रवन्धक मदन खरेललाई एभिक कम्पनीका उपाध्यक्ष सुबोले सो विमान हस्तान्तरण गरेको निगमले जानकारी दिएको छ । सो विमान आगामी वैशाख १३ गते काठमाडौं अवतरण गर्ने बताइएको छ । सन् १९८८ पछि निगमले पहिलो पटक नयाँ विमान प्राप्त गरेको निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए ।
नयाँ विमान थप गर्दै गुमेका गन्तब्यमा पुनः सेवा सूचारु गर्ने योजनामा रहेको निगमले सो विमानमार्फत शहरी क्षेत्रमा उडान गर्ने बताएको छ । ५६ सिट क्षमताको सो विमानमार्फत ठूला विमान अवतरण गर्न सक्ने विराटनगर, भद्रपुरलगायत विमानस्थलमा उडान गर्ने निगमको योजना छ । हाल निगमले एकमात्र ट्विनअटर विमानमार्फत आन्तरिक उडान गरिरहेको छ ।
नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले २ ओटा विमान अनुदान र ४ ओटा सहुलियत ऋणमा प्राप्त गर्नेछ । त्यसअन्तर्गत ‘वाई १२ ई’ मोडलको १९ सिटे एक विमान पनि निगमले अनुदानमा प्राप्त गर्दैछ । यसअघि नेपालले चीन सरकारसँग झण्डै ३ अर्ब रुपैयाँ सहलियतपूर्ण ऋणमा ४ ओटा जहाज खरीद गर्ने सम्झौता गरेको थियो । सहुलियत ऋणमा ल्याइने ४ ओटा जहाजको ५ वर्षसम्म ब्याज तथा ऋण तिर्नु नपर्ने र छैटौ वर्षदेखि ३० वर्षसम्म किस्ता चुक्ता गर्नुपर्ने गरी औपचारिक सहमति भएको थियो । आगामी असारसम्म सो विमानसमेत नेपाल आइपुग्ने बताइएको छ । असोजमा थप एक विमान भित्र्याउने तयारीमा रहेको निगमले बाँकी ३ ओटा विमान भने कात्तिकसम्म प्राप्त भइसक्ने बताएको छ । विमान हस्तान्तरण कार्यक्रममा चीनका लागि नेपाली राजदूत डा. महेश मास्के पनि उपस्थित थिए ।

Comments
Post a Comment