May 31, 2013
व्यावसायिक तालीम लिएकाहरूको कथा
विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट हरेक वर्ष हजारौं जनाले शीप विकाससम्बन्धी तालीम प्राप्त गर्छन् । तर, पर्याप्त पूँजीको अभावमा शीपलाई उद्यमशीलतामा परिवर्तन गर्न नसकिरहेको तालीमप्राप्त जनशक्तिको गुनासो छ । यसै सन्दर्भमा कैलालीबाट कर्ण शाही, दाङबाट उदय बिसी, रुकुमबाट प्रविर ददेल, बुटवलबाट कविन्द्र नेपाल र पोखराबाट सुरेन्द्र पौडेलको सहयोगमा शकुन्तला जोशी र अच्युत पुरीको रिपोर्ट :
‘यदि मसँग रू. ७ लाख मात्रै हुन्थ्यो भने १ वर्षमै दोब्बर कमाएर देखाइदिन्थेँ । तर, लगानी गर्ने पूँजी छैन,’ धनगढी नगरपालिका–५, कैलालीका शिक्षित एवम् तालीमप्राप्त युवा अर्जुन धामी (३२)को भनाइ हो यो । धितो नभएका कारण धेरैपल्ट धाउँदा पनि विभिन्न बैङ्क तथा सहकारी संस्थाहरूले ऋण दिन नपत्याएपछि उनले उद्यम गर्न सकेनन् ।
दाङ, सौडियार–१ जन्द्रा गाउँकी शान्ता पन्थीसँग पनि कपडामा बुट्टा भर्ने शीप छ । व्यवसाय सञ्चालन गर्न ३ लाख रुपैयाँ नहुँदा उनी घरैमा थन्किएर बस्न बाध्य छिन् । लोग्नेबाटै घरेलु हिंसामा परेकी उनलाई अहिले तीन जना सन्तानलाई शिक्षादीक्षा दिने र लालनपालनको चिन्ताले सताएको छ । उनले गतवर्ष घरेलु तथा साना उद्योग कार्यालय, दाङले दिएको तीनमहीने कपडामा बुट्टा भर्ने तालीम लिएकी हुन् ।
४ वर्षदेखि बुटवलको मोनालिसा ट्रेड (ईन.को.ईन) कम्प्युटर विक्री तथा मर्मत केन्द्रमा कार्यरत पाल्पाका सन्तोष केसी कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरमा पोख्त छन् । सम्बन्धित क्षेत्रमा आफै व्यवसाय सञ्चालन गर्ने उनको ठूलो धोको छ । ५ लाख रुपैयाँ लगानी गर्ने बाटो नभेटेकै कारण उनको सपनाले आकार लिन पाएको छैन ।
रुकुम, साख–६ की २१ वर्षीया कमला थापा २०६८ सालमा सिलाइ– कटाइसम्बन्धी तालीम पाउँदा जति खुशी थिइन्, अहिले त्यति नै दुःखी छिन् । शीप विकास गर्ने अवसर पाए पनि आर्थिक अभावका कारण शीपलाई व्यवसायमा परिणत गर्न नसकेको उनी बताउँछिन् ।
नेपालगञ्ज–४ का २९ वर्षीय मोहमद हारुन सिद्धिकी रेफ्रिजेरेशन, एयरकण्डिसनर र गाडीमा प्रयोग हुने अटो एयर कण्डिसनरको मर्मत सम्भार गर्ने दक्ष प्राविधिक हुन् । प्राविधिक क्षेत्रमा उनीसँग १० वर्ष लामो व्यावहारिक र तीनमहीने सैद्धान्तिक ज्ञान छ । उनले गतवर्ष भेरी प्राविधिक शिक्षालयमार्फत तीनमहिने रेफ्रिजेरेशन तथा एयर कण्डिसनर बनाउने तालीम पनि लिएका छन् । उनले बेलाबखत गैरसरकारी संस्थाहरूले दिएको प्राविधिक तालीम पनि लिएका छन् । धेरै वर्ष अरूकहाँ काम गरेका उनी पनि अरूलाई रोजगार दिने गरी व्यवसाय सञ्चालन चाहन्छन् । तर, त्यसका लागि चाहिने न्यूनतम लगानी ३ लाख रुपैयाँ उनीसँग छैन । व्यवसाय सञ्चालन गर्ने कतैबाट ऋण पाउने अपेक्षा गर्छन् ।
पोखरा–६, लेकसाइडकी सरिता थापाले पद्मावती हस्तकला केन्द्रबाट बुटिक तालीम लिइन् । आर्थिक अभावका कारण ठूलो लगानी गर्न नसकेपछि घरमै बसेर सिलाइकटाइको काम गरेको उनी बताउँछिन् । कास्की लेखनाथकी सृजना नेपालीले गतवर्ष घरेलु तथा साना उद्योग विकास समितिबाट अगरबत्ती उत्पादनसम्बन्धी तालीम पाइन् । तर, उद्यम गर्नका लागि न त तालीम दिने संस्थाले नै सहयोग गर्यो न अन्य कतैबाट ऋण नै पाइन् । उनी भन्छिन्, ‘शीपले मात्र के गर्नु, व्यवसाय गर्नका लागि पैसा छैन ।’
यी त केही उदाहरण मात्रै हुन् । सरकारी, गैरसरकारी तथा विभिन्न सङ्घसंस्थाहरूमार्फत शीप विकाससम्बन्धी तालीम पाएर पनि लगानीको अभावमा उद्यमी बन्न नसकेका लाखौं जनशक्ति हाम्रो देशमा छन् ।
हुन त घरेलु तथा साना उद्योग विभागले शीप विकासमा ठूलो रकम खर्च गर्दै आएको छ । तर, तालीम पाउनेको तुलनामा पाएपछि उद्योग गर्नेको सङ्ख्या निकै न्यून रहेको विभागले जानकारी दिएको छ । साना उद्यमीका लागि व्यवसाय सञ्चालन गर्न अनुदान वा ऋण दिने निकायहरू हुँदै नभएका होइनन् । सरकारी तथा गैरसरकारी दर्जनौं निकायले उद्यमशीलता विकासका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै पनि आएका छन् । तर, त्यहाँसम्म पुग्ने पहुँच वा माध्यम नभेटेर धेरै जना अलमलमा पर्ने गरेका छन् । उद्यमी बन्छु भन्नेका लागि सीड मनी नै नपाएर छटपटाउनु पर्ने अवस्था नभएको घरेलु तथा साना उद्योग समितिका कार्यकारी निर्देशक नवीनकुमार झा बताउँछन् ।
सहजीकरण गर्छौं – सरकारी अधिकारी
झाका अनुसार उद्योग मन्त्रालयअन्तर्गतका घरेलु तथा साना उद्योग विभाग र समितिले आ–आफ्ना कार्यालय भएका जिल्लामा उद्यम गर्न चाहने र अनुदान तथा ऋण दिने संस्थाका बीच सहजीकरणको काम गरिरहेको छ । विभिन्न विकास बैङ्क, कृषि विकास बैङ्क, सहकारी तथा गैरसरकारी संस्थासँग पनि यस्तो पुलको काम यी दुई निकायले गरिरहेको उनी बताउँछन् । ती संस्थामार्फत न्यूनतम रू. ५ हजारदेखि अधिकतम ५ लाखसम्म ऋण लिनसक्ने वातावरण समिति र उद्योग घरेलु तथा साना उद्योग विभागअन्तर्गतका जिल्लास्थित निकायले मिलाइदिन्छन् । कार्यकारी निर्देशक झाका अनुसार केही अघिसम्म यस्ता ऋण बैङ्कले विनाधितो नै उपलब्ध गराउने गरेको थियो । तर विनाधितो दिइएको ऋण नतिरेपछि बैङ्कहरूले मिनाहा गर्नुपरेको थियो । त्यसपछि धितो राखेर मात्र ऋण दिने नियम बैङ्कहरूले बनाएका छन् । तर, पुनः केही मापदण्ड बनाएर विनाधितो ऋण उपलब्ध गराउने पहल हुँदै गरेको पनि झाले बताए । ‘आफ्नो लागि सबै अरूले गरिदिऊन् भन्ने भावनाले पनि हामी पछि परेका छौं । त्यसैले सरकारले विकास कार्यक्रममा सहभागितामूलक अवधारणा अघि सारेको हो । यसमा लाभान्वित वर्ग आफैं अघि सरून् र आफ्नो हितको कामको हिस्सेदार बनून् । त्यसको प्रतिफल दिगो हुन्छ भन्ने हाम्रो अभिप्रायः हो,’ उनले भने । शीप भएका तथा उद्यमी बन्न चाहनेले समिति तथा विभागका कार्यालयमा सम्पर्क राखे आर्थिक तथा प्राविधिक सहयोगको आधार पाउने पनि उनले बताए ।
समितिअन्तर्गत ४८ जिल्लामा र विभागअन्तर्गत २७ जिल्लामा उद्योग प्रवद्र्धन तथा उद्यमशीलता विकास कार्यक्रमका लागि कार्यालयहरू छन् । ती कार्यालयमार्फत समुदायका मानिसलाई विभिन्न किसिमका शीप विकास तालीम प्रदान गरिन्छ । तालीमसँगै कतिपय अवस्थामा समूहमा उद्यम शुरू गर्न मेशिनलगायत प्राविधिक सहयोग पनि गर्ने गरिएको झाले बताए ।
तालीम लिने अढाई लाख बढी
विभागको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०५१/५२ देखि २०६८/६९ सम्म कुल २ लाख ५८ हजार ८ सय ३३ जनाले शीप विकाससम्बन्धी तालीम लिएका छन् । त्यसमा घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिले योगदान गरेका छन् । आव २०६७/६८ मा देशभरबाट शीप विकास तालीममा सहभागी हुनेको सङ्ख्या १३ हजार १ सय ४९ रहेकोमा आव २०६८/६९ मा १३ हजार ३ सय ९९ जनाले तालीम लिएका छन् ।
के के तालीम प्रदान गर्छन् विभाग र समितिले
विभागले सिलाइ–कटाइ, हाउस वायरिङ, रेडियो टीभी, कम्प्युटर तथा मोबाइल मर्मत, हाते बुनाइ, होजियारी, पापड र दालमोठ बनाउनेसम्बन्धी तालीम प्रदान गर्दै आएको छ । यसैगरी, आलु चिप्स, जामजेली, सस, झोला बुनाइ, इम्ब्राइडरी, फेब्रिक पेण्टिङजस्ता विषयमा तालीम कार्यक्रम सञ्चालन हुँदै आएको छ । तर, विभागले प्रदान गरेको तालीमलाई धेरैले घरायसी प्रयोजनमा मात्र प्रयोग गर्दै आएको बताइन्छ । विभागका अनुसार शीप विकास तालीम लिने अधिकांश महिला छन् । त्यसैले शीपको उपयोग गरी साना तथा मझौला उद्योग स्थापना गर्ने सङ्ख्या पनि महिलाकै बढी छ ।

Comments
Post a Comment