May 24, 2013
मल, पानीदेखि बिरुवा रोप्न प्रयोगमा ल्याइएका हरेक सामान घरबाट
फोहोरका रूपमा उत्पादित वस्तु थिए। फोहोरमैला व्यवस्थापनमा संलग्न
सरोकारवाला, जिज्ञासु तथा अनुसन्धानकर्तालाई सहयोग गर्ने उद्देश्यले
निर्मित यस फार्मबाट नेप्काद्वारा पहिलो वर्ष नै झण्डै २० हजार रुपैयाँ
आम्दानी ।
छपोलिथिनको सानो पोकादेखि गाडीको टायरमा पनि फर्सी–लौका फलिरहेका छन् ।
फुटेको बाल्टिनमा रोपिएको सुन्तलाको बोटमा फूल खेल्न थालेको छ । बियरका
बोतलमा रोपिएको थुङ्गे फूल बेमौसमै फुलिसकेको छ । मैदा, आँटा, चामलको
बोरामा घिरौला, टिम्मुर र कागतीको बोट बढिरहेको छ । माछा ‘प्याक’ गरी
ल्याइने बाकसमा मकै, तिते करेला, अङ्गुर र खुर्सानीका बोट छन् । कुनैमा फल
लागिसकेको छ, कुनै फूल खेल्दैछ । कुनै भर्खरै बढ्दैछन् । छेउमा बाल्टिनभरि
घरायसी प्रयोजनमा प्रयोग भएको पानी राखिएको छ । बीचमा तरकारीको बोक्रा तथा
मानवमूत्र प्रयोग गरी तयार पारिएको कम्पोष्ट मलको भाँडा छ । यी सबै तरकारी
तथा फलफूल झण्डै तीन आना क्षेत्रफलमा फैलिएको घरको छतमा हुर्किरहेका छन् ।
राष्ट्रिय वातावरण प्रदूषण नियन्त्रण (नेप्को) नेपालको केन्द्रीय कार्यालय,
ललितपुरको छतमा देखिने यो बगैंचाले व्यावसायिक कृषि फार्मको झल्को दिन्छ ।
घरबाट निस्कने कुनै पनि वस्तु अनुपयोगी छैन भन्ने प्रमाणित गर्न नेप्कोले
छतमा तरकारी खेतीप्रविधि शुरू गरेको संस्थाका अध्यक्ष सुरेन्द्र आचार्य
बताउँछन् ।
फोहोरबाट अर्ग्यानिक तरकारी तरकारी फार्ममा प्रयोग गरिएका हरेक सामान
बिग्रिएर फ्याँकिएका हुन् । फुटेर काम नलाग्ने भएपछि फ्याँकिएका सामानमा
माटो र मल भरी त्यसमा फलफूल र तरकारीको बिरुवा रोपिएको छ । लामो लहरोमा फल
लाग्ने बिरुवाका लागि डोरी तथा काठको थाँक्रो राखिएको छ । आचार्यका अनुसार
नर्सरीबाट बिरुवा खरीद गर्नुबाहेक फार्ममा प्रयोग हुने कुनै पनि सामान
बाहिरबाट ल्याउनु पर्दैन । तरकारीमा प्रयोग हुने मल घरबाट निस्कने तरकारीको
बोक्रा, बढी भएको खाना तथा फलफूलका टुक्रा कुहाएर तयार पारिन्छ । सो मलमा
मानिसको मूत्रसमेत प्रयोग गरिएको उनले जानकारी दिए । रासायनिक मल प्रयोग
नगरिने यस फार्मबाट उत्पादित तरकारी पूर्ण अर्ग्यानिक हुने उनी बताउँछन् ।
तरकारीमा रोग लाग्दा कपडा धोएको साबुनपानी, तितेपाती, निम, गाईको
गहुँतलगायत प्रयोग गरिने उनले जानकारी दिए । ज्यादै जाडो र गर्मीमा बिरुवा
मर्न सक्ने सम्भावना हुने भएकाले त्यसबाट बचाउन कृत्रिम छानो निर्माण
गर्नुपर्छ । त्यसका लागि घरमा प्रयोगविहीन लुगाकपडा, कार्पेटजस्ता वस्तु
प्रयोग गर्न सकिन्छ ।
व्यावसायिकताको सम्भावना
संस्थाले २ वर्षअघि झण्डै ५० हजार रुपैयाँ लागतमा फार्म निर्माण गरेको थियो । सो रकम नर्सरीबाट ‘हाइब्रिड’ जातका बिरुवा खरीदमा खर्च भएको बताइएको छ । मल, पानीदेखि बिरुवा रोप्न प्रयोगमा ल्याइएका हरेक सामान घरबाट फोहोरका रूपमा उत्पादित वस्तु थिए । फोहोरमैला व्यवस्थापनमा संलग्न सरोकारवाला, जिज्ञासु तथा अनुसन्धानकर्तालाई सहयोग गर्ने उद्देश्यले निर्मित यस फार्मबाट नेप्कोले पहिलो वर्ष नै झण्डै २० हजार रुपैयाँ आम्दानी गरेको आचार्यले जानकारी दिए । ‘हामीले यसलाई प्रयोगशालाका रूपमा विकास गरेका छौं । यसको अध्ययनपछि मानिसले व्यावसायिक फार्मका रूपमा पनि विकास गर्न सक्छन्,’ उनले भने । उनका अनुसार रेष्टुरेण्ट तथा ठूला होटलले यस प्रकारको प्रविधि प्रयोग गरी अर्ग्यानिक तरकारी उत्पादन गर्न सक्छन् । तीन आना क्षेत्रफलमा निर्मित फार्मबाट वार्षिक न्यूनतम ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने उनी बताउँछन् । फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रकी कार्यकारी निर्देशक डा. सुमित्रा अमात्य पनि यस प्रविधिलाई व्यावसायिक बनाउन सकिने सम्भावना औंल्याउँछिन् । ‘यस प्रकारका सृजनात्मक गतिविधिमा संलग्न व्यक्ति तथा संस्थालाई राज्यको पनि साथ रहन्छ,’ उनले भनिन् । केन्द्रले समेत प्राङ्गारिक मल र तरकारी उत्पादनसम्बन्धी जानकारी सर्वसाधारणलाई दिने गरेको उनले जानकारी दिइन् । केन्द्रले फोहोरमैला व्यवस्थापनका लागि मल बनाउने भाँडा, ड्रमलगायत सामग्री सहुलियतमा उपलब्ध गराउँदै आएको छ ।

घरायसी फोहोर व्यवस्थापनको एक माध्यम
स्वदेशीमात्र होइन, विदेशी अनुसन्धानकर्मीले पनि हाल फार्मप्रति चासो राख्न थालेको संस्थाले जानकारी दिएको छ । आमउपत्यकाबासीले फोहोर भनी नदीनालामा मिल्काउने वस्तुको उपयोग गरी तरकारी फलाउन सकेपछि अनुसन्धानकर्मीको चासो बढेको अध्यक्ष आचार्यको भनाइ छ । उपत्यकाका धेरै छतमा तरकारी खेती हुँदै आए पनि संस्थाले फोहोर व्यवस्थापनको एक माध्यमका रूपमा यस अभियानलाई विस्तार गर्ने योजना बनाएको छ । यसबारे चासो राख्ने तथा सिक्न चाहनेलाई संस्थाले तालीमको व्यवस्था गर्ने बताएको छ । ‘हामी सामूहिक रूपमा सिक्न आउनेलाई व्यावहारिक शीप दिन्छौं,’ आचार्यले भने । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष महेशबहादुर बस्नेत यस प्रकारका फार्मबाट फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्नुका साथै फोहोरबाट अतिरिक्त आम्दानी लिन सकिने बताउँछन् । फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले पनि फोहोरमैलालाई घरमै व्यवस्थापन गर्न सकिनेबारे तालीमहरू प्रदान गर्दै आएको छ । कार्यकारी निर्देशक अमात्यका अनुसार घरमै तरकारी उत्पादन गरी फोहोरमैला न्यूनीकरण गर्नेबारे केन्द्रले अभियान नै सञ्चालन गर्ने योजना बनाएको छ । ‘यसले कम्तीमा घरको फोहोर घरबाटै व्यवस्थापन हुनेछ,’ उनले भनिन् ।

फार्म कहाँ छ ?
नेप्को नेपालको ललितपुर, ठैबस्थित कार्यालयको छतमा फार्म स्थापना गरिएको
छ । सातदोबाटोबाट २ किलोमिटरभित्र अवस्थित यस कार्यालयबाट घरायसी
प्रयोजनबाट फोहोरका रूपमा उत्पादन हुने वस्तुको प्रयोग गरी अर्ग्यानिक
तरकारी खेती गर्नेबारे प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

गणेश शाह, पूर्वमन्त्री
विज्ञान तथा प्रविधि मन्त्रालय
विज्ञान तथा प्रविधि मन्त्रालय
ग्रीनसीटी बनाउन सकिन्छ
फोहोरबाट मोहोर उत्पादन गर्न सकिने यो एउटा उपयुक्त प्रविधि हो । घरघरबाट खेती गर्ने यो प्रविधि ग्रीनसीटीको अवधारणामा आधारित छ । गाउँलेले मात्र खेती गर्नुपर्छ भन्ने धारणामा परिवर्तन हुँदै शहरका मानिसले पनि खेती गर्नुपर्छ भनेर घरघरबाट तरकारी उत्पादन हुन थालेको छ । यो सकारात्मक छ । तर, अझै पनि यसलाई विस्तार गर्न सकिएको छैन । राज्य तथा नागरिक स्तरबाट फोहोरमैला व्यवस्थापनको काममा संलग्न व्यक्तिहरूलाई सम्मान गर्नुपर्छ । नागरिकले कम्तीमा आफ्नो घरको फोहोर घरमै व्यवस्थापन गर्न थाल्ने हो भने हामीले राज्यलाई अझ बढी दबाब दिन सक्छौं । हाम्रा प्राकृतिक र मानवीय सम्पदाको रक्षा गर्ने जिम्मेवारी हाम्रै हो । हामीले घरबाट उत्पादन गर्नेमध्ये ९० प्रतिशतसम्म फोहोरलाई पुनः प्रयोग गरी उपयोगमा ल्याउन सकिन्छ । यसका लागि जनचेतना अभिवृद्धिमा ध्यान दिनुपर्छ । घरमा गर्ने तरकारी खेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्नु हुँदैन । यो स्वास्थ्यको दृष्टिकोणबाट पनि संवेदनशील हुन्छ । तत्काल टिपेर भान्सामा लैजानुपर्ने तरकारी पूर्णतया अर्ग्यानिक हुनुपर्छ । फोहोरजन्य सामानको उपयोग गरी थालिएको तरकारी खेती एउटा प्रेरणादायी प्रयास हो ।

Comments
Post a Comment