नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धर एसएलसी परीक्षा
उत्तीर्ण भएपछि विषय र कलेज छनोटको अवसरलाई दोस्रो फलामे ढोकाको संज्ञा
दिन्छन् । विशेषगरी साथीभाइ र परिवारका सदस्यबाट विद्यार्थीलाई अधिकतम दबाब
दिइने भएकाले यसबाट मुक्ति पाउनुसमेत फलामे ढोका पार गर्नुसरह भएको उनको
तर्क छ । उनको भनाइमा सहमत छन्, नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित पनि ।
‘हरेक विषय उत्तिकै महत्वपूर्ण छन्,’ उनी भन्छन् ‘त्यसैले आफ्नो रुचि जेमा
छ, विद्यार्थीले सोही विषय रोज्नु राम्रो हुन्छ ।’ नेपाल बैङ्कर एशोसिएशनका
अध्यक्ष राजनसिंह भण्डारीको तर्कमा मानिसले धन र नाम कमाउन विज्ञान र
व्यवस्थापन विषयमात्र पढ्नुपर्दैन । माथिका प्रतिनिधि भनाइलाई पुष्टि गर्ने
गरी पछिल्लो समयमा हरेक विषयका विद्यार्थीले आफूलाई अब्बल सावित गर्दै
गएका छन् । कलेज र विषय छनोटको प्रक्रियामा रहेका विद्यार्थीका लागि उचित
परामर्शको अभावमा विषय छनोटमा अन्योल उत्पन्न हुने गरेको देखिन्छ ।
विज्ञहरूको भनाइमा हरेक विषय उत्तिकै महत्वपूर्ण छन् । जसले आफ्नो विषयमा केही फरकपन दिन सक्छ, सोही मानिस सफल हुन्छ । विषयको महत्व नबुझ्दा धेरैपटक धोका खाएका एक जना पात्र हुन्, महालेखा परीक्षकको कार्यालयका निरीक्षक विष्णुलाल पुरी । गुल्मीस्थित मालिका उच्च माध्यामिक विद्यालयबाट ७० प्रतिशतभन्दा बढी अङ्क ल्याउने एकमात्र विद्यार्थी उनले ‘प्लस टू’ मा विज्ञान विषय रोजे । ‘त्यो बेला उचित परामर्श दिने मानिस थिएनन्,’ उनी भन्छन्, ‘धेरै अङ्क ल्याउनेले विज्ञान नै पढ्नुपर्छ भन्ने मान्यता थियो ।’ उनले विज्ञान विषयलाई ‘प्लस टू’सम्म मात्र निरन्तरता दिन सके । त्यसपछि स्नातक तहमा उनी मानविकी सङ्कायतर्फ मोडिए । गणित विषयमा स्नातक पढ्दापढ्दै महालेखामा नाम निकालेका उनले पुनः विषय परिवर्तन गर्नुपर्यो । हाल ‘जनप्रशासन’ विषयबाट स्नातकोत्तर गरिरहेका उनी महत्व थाहा नपाउँदा आफूले धेरै विषय परिवर्तन गर्नुपरेको स्वीकार्छन् ।
प्राविधिक ज्ञानको भण्डार : विज्ञान
डक्टर, इञ्जिनीयरजस्ता प्राविधिक पेशामा लाग्ने विद्यार्थीका लागि प्रारम्भिक खुड्किलो हो विज्ञान विषय । भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञानलगायत जुनसुकै विषयमा उच्च शिक्षा अध्ययन गरे पनि विज्ञान विषय पढ्नै पर्छ । प्लस टू विज्ञान विषयमा पढ्नेका लागि अन्य धेरै क्षेत्रमा पनि अवसर प्राप्त हुन्छन् । नेपालको ग्रामीण भेगका विद्यालयमा अझै पनि दक्ष शिक्षकको अभाव छ । एकवर्षे बीएड परीक्षा दिएपछि विज्ञान विषय पढेका विद्यार्थीले शिक्षक बन्ने योग्यता प्राप्त गर्छन् । विज्ञान विषय चिकित्साशास्त्रका धेरै क्षेत्रको अध्ययनका लागि पनि अनिवार्य छ । एमबीए र नर्सिङ क्षेत्रतर्फ लाग्नेले विज्ञान विषय नै पढ्नुपर्छ । वैज्ञानिक खोज अनुसन्धानमा रुचि हुनेहरूका लागि त यो विषय निकै उपयोगी छ । सँगै सिभिल इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र सूचना तथा सञ्चार क्षेत्रका काम गर्नेहरूका लागि पनि विज्ञान विषय अत्यावश्यक छ । ‘फार्मेसी’मा रुचि हुनेहरूले विज्ञान विषय रोज्नु राम्रो हुन्छ ।
स्वास्थ्य विषय अध्ययन गर्न चाहनेहरूका लागि पनि नेपाल उपयुक्त मुलुक हो । नेपालमा अझै पनि जनसङ्ख्याको अनुपातमा स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति छैन । त्यसैले, यसलाई उज्ज्वल भविष्ययुक्त पेशाका रूपमा लिइन्छ । यो विषय पढ्नेले नर्सिङ, हेल्थ एसिष्टेण्टजस्ता पेशा अपनाउन सक्छन् ।
सम्मानित पेशामा लाग्ने माध्यम : शिक्षा
शिक्षा विषय नेपालका ग्रामीण भेगका शैक्षिक संस्थामा बढी लोकप्रिय छ । नेपालमा सामुदायिक तथा सरकारी विद्यालयमा अध्यापन गराउन लाइसेन्स अनिवार्य लिनुपर्छ । शिक्षा विषय पढेका विद्यार्थीले मात्र सीधै लाइसेन्स परीक्षामा सहभागी हुने अवसर पाउँछन् । अन्य विषय पढेकाले एकवर्षे बीएड गर्नुपर्छ । भविष्यका असल मागदर्शक बन्न चाहने तथा सम्मानजनक पेशा रोज्नेहरूलाई शिक्षाशास्त्र उपयोगी छ । शिक्षाशास्त्रले सरकारी सेवामा प्रवेश गरी काम गर्न चाहनेलाई पनि सहयोग पुर्याउँछ । शिक्षाशास्त्र अध्ययन गर्ने विद्यार्थी सामाजिक परिवेशका बारेमा बढी जानकार हुन्छन् । शिक्षा क्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी संस्थाका लागि यही विषय पढेका विद्यार्थीको माग बढी हुन्छ ।
व्यवस्थापन शैली सिकाउने सङ्काय : व्यवस्थापन
आर्थिक गतिविधिमा वृद्धि भएसँगै नेपालका व्यवस्थापन विषयको आकर्षण पनि बढ्दो छ । व्यवस्थापन सङ्कायले हरेक कुराको व्यवस्थापनमा सहयोग गर्छ । व्यापार–व्यवसाय, बैङ्क, फाइनान्स तथा वित्तीय संस्थामा व्यवस्थापन विषय अध्ययन गरेका विद्यार्थीले नै पहिलो प्राथिमिकता पाउँछन् । व्यवस्थित कर्पोरेट हाउस, अस्पताल, बीमा, सरकारी तथा गैरसरकारी संस्थालगायतमा व्यवस्थापन विषय पढेका जनशक्तिको खाँचो छ । सञ्चारमाध्यम, व्यापारिक प्रतिष्ठान, कलेज, होटल, पर्यटनजस्ता संस्था सञ्चालनका लागिसमेत व्यवस्थापन विषय अध्ययन गरेका जनशक्तिको माग बढ्दो छ । सरकारी कार्यालयमा लेखाक्षेत्र हेर्न व्यवस्थापन विषय अध्ययन गरेका जनशक्ति अनिवार्य छ ।
बहुआयामिक सङ्काय : मानविकी
मानविकी सङ्कायलाई सबैभन्दा रमाइलो र बहुआयामिक क्षेत्रयुक्त सङ्कायका रूपमा परिभाषित गरिन्छ । यस सङ्कायले धेरै क्षेत्रलाई समेट्छ । त्यसैले यसमा पढ्ने विषय पनि धेरै छन् । यो विषय बढी कलात्मक छ । सृजनाका धेरै क्षेत्रलाई यसले सम्बोधन गरेको हुन्छ । राजनीतिशास्त्र, अर्थशास्त्र, पत्रकारिता, अङ्ग्रेजी, गणित, नेपालीलगायत यस सङ्कायका आकर्षक विषय हुन् । सरकारी कार्यालयको प्रशासकीय सेवामा काम गर्ने अधिकांशले मानविकी सङ्काय नै अध्ययन गरेका भेटिन्छन् । एकवर्षे बीएड गरी शिक्षक बन्न चाहनेका लागि पनि मानविकी विषय उपयोगी छन् । कला–साहित्य, नाटक तथा अभिनय विद्यामा लाग्नेहरूले मानविकी सङ्काय रोज्न सक्छन् ।
अनौपचारिक शिक्षा : छिटो अवसर
यसबाहेक कृषि क्षेत्रसँग सम्बन्धित प्राविधिक विषय अध्ययन गर्नेको माग पनि बढ्दो छ । व्यावसायिक कृषिका लागि दक्ष जनशक्ति उपलब्ध छैन । पशु चिकित्सा क्षेत्रको अध्ययन गर्नेहरूका लागि पनि थुप्रै सम्भावना छन् । वन–विज्ञान क्षेत्रमा पनि राम्रो सम्भावना छ । साथै, अनौपचारिक रूपमा सञ्चालित प्राविधिक तालीम लिनेहरूलाई पनि पर्याप्त अवसर छन् । अटोमोबाइल तथा प्राविधिक उपकरण मर्मतसम्भारको क्षेत्रमा लाग्नेहरूले छिटो अवसर पाउँछन् ।
आजका विद्यार्थी समाज परिवर्तनका संवाहक हुन् । उनीहरूले आफ्नो रुचिअनुसारको विषय अध्ययन गरेमात्र आफ्नो क्षेत्रमा सफल हुन्छन् । जबरजस्ती पढेको विषयमा विद्यार्थीको लगाव हुँदैन । यसले एकातर्फ राज्यको ठूलो लगानी खेर जान्छ भने व्यक्तिको भविष्य अन्योलमा पर्छ । विषय छनोट गर्दा विद्यार्थीले यसमा ध्यान पुर्याउनु आवश्यक छ ।

Comments
Post a Comment