नेपाली फूटबलको व्यावसायिकतामा प्रश्न

नेपालको पुरानो फूटबल क्लब न्यूरोड टीम (एनआरटी)ले आगामी सिजनको ए–डिभिजन लीग नखेल्ने निर्णय गर्‍यो । आर्थिक सङ्कटमा डुबेकाले ए–डिभिजन लीग नखेल्ने निर्णय गरेको क्लबका पदाधिकारीले बताउँदै आएका छन् । यसअघि रानीपोखरी कर्नर टीम (आरसीटी)ले पनि आर्थिक कारण देखाउँदै लीग नखेल्ने सङ्केत गरेको थियो । मच्छिन्द्र क्लबले एक सिजनका लागि ए–डिभिजन फूटबल खेल्ने निर्णयसहित यस वर्ष क्लब दर्ता गरेको अध्यक्ष जीवेन्द्र कर्माचार्यले जानकारी दिए । मनाङमस्र्याङ्दीले क्लबको आयस्रोत बलियो बनाउने उद्देश्यले मनाङमा स्याउ फर्म सञ्चालनमा ल्याएको सार्वजनिक गरेको थियो ।
२०६९ सालको लीग विजेता टोली थ्रीस्टारले लीग जितेपछि मात्र प्रायोजक फेला पार्न सक्यो । ३ वर्षअघि मोफसलबाट ए–डिभिजन फुटबलमा सहभागी एकमात्र क्लब कोइलापानी आर्थिक अभावकै कारण निराशाबीच घर फर्कनु परेको थियो । त्यसपछि ऊ फूटबलमा पुनरागमन गर्न असफल रह्यो । नेपाली फूटबल व्यावसायिक बनेको दाबी गर्दै अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले लीग विजेता तथा खेलाडीहरूलाई महँगो पुरस्कार एवम् उपहार प्रदान गरेको वर्ष नेपाली फूटबल क्लबले भोग्नुपरेका समस्याका यी प्रतिनिधि उदाहरण हुन् ।
एन्फाले ए–डिभिजन लीगको पुरस्कार राशीमा उल्लेख्य वृद्धि गरेपछि क्लबको ध्यान महँगो मूल्य तिरेर खेलाडी भित्र्याउनेतर्फ मोडियो । ए–डिभिजन क्लबका लागि सङ्कट यसै बिन्दुबाट प्रारम्भ भएको एनआरटी क्लबका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रमान श्रेष्ठ बताउँछन् । एन्फाले तोकेको अवधिमा खेल सञ्चालन नहुने र महँगो मूल्यमा भित्र्याएका खेलाडी लामो समय पाल्नुपर्दा क्लब धराशयी हुने गरेको उनको अनुभव छ । ‘एउटा खेलाडीले महँगो पारिश्रमिक पाउँदैमा नेपाली फूटबल व्यावसायिक बन्यो भनिन्छ,’ उनी भन्छन्, ‘अप्रत्याशित रूपमा बढेको पारिश्रमिकले खेलाडीलाई त फाइदा भयो तर क्लब डुब्दै गए ।’ 
फुटबल लीजमा दिने मच्छिन्द्रको चाहना
खर्च ठूलो हुने र आम्दानी नहुने भएपछि तत्कालका लागि फूटबलको विकल्प खोजी क्लबलाई सामाजिक कार्य तथा टोल सुधारमा लगाउने मनसाय बनाएको मच्छिन्द्रका अध्यक्ष कर्माचार्यले बताए । ‘स्वामित्व खरीद गरेर क्लब सञ्चालन गर्ने प्रायोजक पाए हामीले मच्छिन्द्र क्लबको फूटबल निश्चित समयका लागि लीजमा दिने मनसाय पनि बनाएका छौं,’ उनले भने । उपाधि जित्ने लक्ष्य लिएका क्लबहरूको खर्च वार्षिक १ करोड रुपैयाँभन्दा बढी हुने र त्यति ठूलो रकम खर्च गर्न आफूहरू अक्षम रहेको उनको भनाइ छ । एनआरटीको कदमसँगै धेरै क्लबहरू यसैगरी सार्वजनिक हुने अनुमान पूर्वराष्ट्रिय फूटबल खेलाडी किशोर भट्टराईको छ । 
एन्फाको दायित्व के ? 
मुलुकमा फुटबल खेलको विकासको जिम्मा लिएको संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) हो । उसले हरेक सिजनमा फूटबल प्रतियोगिता सञ्चालन गर्नुअघि क्लबहरूलाई तयारी खर्च उपलब्ध गराउँछ । यो सिजनमा एन्फाले तयारी खर्च स्वरूप ए–डिभिजनका क्लबहरूलाई रू. ३ लाख दिएको थियो । क्लबहरूले भने यो रकम निकै कम भएको बताउँदै आएका छन् । 

तर, सो खर्च क्लबले सिजन अवधिभर गर्ने कुल खर्चको तुलनामा नगण्य हुने क्लब सञ्चालकहरू बताउँछन् । ए–डिभिजन लीगको संरचना, पुरस्कार राशिको बनावट, भौतिक पूर्वाधार, टिकट मूल्यको स्वामित्वलगायत सवालमा एन्फासँग थुप्रै गुनासा रहेको क्लबहरू बताउँछन् । ‘प्रतियोगिताअघि तयारीका लागि खेल मैदानसम्म उपलब्ध गराउन नसक्ने एन्फाले क्लबका लागि के गर्न सक्छ ?’ मच्छिन्द्र क्लबका अध्यक्ष कर्माचार्य प्रश्न गर्छन् । उता, एन्फा उपाध्यक्ष तथा लक्ष्मी बैङ्क थ्रीस्टार क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठ भन्छन्, ‘अनुदानका भरमा क्लब चलाउने अवस्था छैन ।  क्लब सञ्चालन गर्ने जिम्मा क्लब व्यवस्थापनकै हो । एन्फाले त सहजीकरण मात्र गरिदिन सक्छ ।’ फूटबल विकासको दायित्व लिएको संस्थाले बहाना बनाएर पन्छिन नमिल्ने भट्टराई बताउँछन् । उनी भन्छन्, ‘क्लब आर्थिक सङ्कटमा परेर फूटबल खेल्नै नसक्ने अवस्थामा पुग्न नदिन बेलैमा सचेत हुनुपथ्र्यो ।’ हरेक क्लबका पदाधिकारीले एन्फामा प्रतिनिधित्व गर्ने भए पनि उनीहरूले व्यक्तिगत र एन्फाकै स्वार्थमा काम गर्ने गरेको एनआरटीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । मच्छिन्द्र क्लबका अध्यक्ष कर्माचार्यका अनुसार हाल नेपाली फूटबलमा कि विजेता र बलियो टोलीले फाइदा उठाउँछन् कि धेरै दर्शक ल्याउन सक्ने कमजोर टोलीले । यसैबीच, क्लबहरूसँगको छलफलमा एन्फाले तयारी खर्चस्वरूप उपलब्ध गराउने रकम बढाएर १० लाख पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । 
क्लबको दायित्व 
नेपाली फूटबलको दिशा तय गर्ने दायित्व सरकार, एन्फा तथा क्लबहरूको भएको एन्फाका प्रमुख कार्यकारी अधिकृत तथा सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर बताउँछन् । नेपाली फूटबललाई व्यावसायिक बनाउन क्लब व्यवस्थापनलाई सर्वप्रथम व्यावसायिक बनाउनुपर्ने उनको सुझाव छ । आज पनि कतिपय क्लब स्वैच्छिक चन्दा तथा स्वयम्सेवीका भरमा सञ्चालित छन् । यसरी सञ्चालनमा आउँदा बेलाबेला आर्थिक तथा अन्य व्यवस्थापकीय समस्या उत्पन्न हुने उनको अनुभव छ । एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठ पनि सो कुरामा सहमत छन् । 
प्रायोजक भेट्नै गाह्रो, भेटिएको रकम पनि कम  
नेपालको सन्दर्भमा फूटबल निजीक्षेत्रबाट सबैभन्दा बढी धनराशि प्राप्त गर्ने खेलअन्तर्गत पर्छ । तर, लगानी गरेपछि कम्पनीलाई कुनै फाइदा नहुने देखेपछि खेलकुदमा प्रायोजक फेला पार्न सङ्घर्ष गर्नुपर्ने अवस्था आइसकेको क्लबहरू बताउँछन् । अहिलेसम्म नेपाली फूटबल क्लबहरूले प्रायोजकबाट पाएको सबैभन्दा धेरै रकम वार्षिक २० लाख रुपैयाँ रहेको मच्छिन्द्र क्लबका अध्यक्ष कर्माचार्यले जानकारी दिए । ‘तर, एक सिजन फूटबल खेल्न १ करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ’, उनले भने । 
राष्ट्रिय फूटबल टोलीको प्रदर्शनमा प्रभाव 
एक सिजन फूटबलबाट टाढा हुने घोषणा गर्दा क्लबमा आबद्ध झण्डै दुई दर्जन खेलाडी बेरोजगार बन्न पुग्छन् । यसले राष्ट्रिय टोलीमा पनि प्रत्यक्ष असर पर्ने सरोकारवाला स्वीकार गर्छन् । ‘जुनसुकै क्लबको खेलाडी भए पनि राष्ट्रिय टोलीमा पर्नु आफैमा गौरवको विषय हो,’ एन्फा उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘क्लबले फूटबल नखेल्दा खेलाडी तथा फूटबलमा असर पर्छ ।’ मच्छिन्द्रका अध्यक्ष कर्माचार्य पनि यस कुरामा सहमत छन् । ‘फूटबलको विकासका लागि क्लब र खेलाडी दुवै बाँच्नुपर्छ,’ उनले भने ।

उपेन्द्रमान सिंह
अध्यक्ष, मध्यपुर युथ एशोसिएशन
खेलाडीको पारिश्रमिकलाई मात्र आधार मान्ने हो भने नेपाली फूटबल व्यावसायिक बनेको मान्न सकिन्छ । तर, क्लबहरू धराशयी बन्दै गएका छन् । मासिक ९ लाख रुपैयाँ आम्दानी गर्ने एनआरटीजस्तो क्लबले फूटबल खेल्न नसक्ने यो देशमा अन्य क्लबको हालत के होला यसै अनुमान गर्न सकिन्छ । यदि फूटबललाई व्यावसायिक बनाउने हो भने सर्वप्रथम क्लबहरूलाई व्यावसायिक बनाउनुपर्छ । आज पनि धेरै क्लब चन्दा र सामाजिक सेवाका भरमा चलेका छन् । क्लबमा पनि ‘मार्केटिङ’को ज्ञान भएका कर्मचारी राखिनुपर्छ । क्लबलाई निजीक्षेत्रका व्यापारिक घरानाले सञ्चालन गर्नुपर्छ । यो अन्तरराष्ट्रिय अभ्यास हो ।
क्लबले स–साना कुरामा पनि आर्थिक अभाव भोग्नुपर्ने अवस्था छ । त्यसो हुँदा राष्ट्रिय खेलाडी उत्पादनमा असर परेको छ । अब एन्फा या सरकारले अनुदान दिएका भरमा क्लबले आर्थिक भार थेग्न सक्दैनन् । क्लबको आफ्नै भवन, मैदान, एकेडेमी नभएसम्म नयाँ खेलाडी उत्पादन हुन सक्दैनन् । लीगको पुरस्कार राशी जित्ने दाउमा विदेशी खेलाडी भित्र्याउने प्रचलन बढेको छ । राम्रा खेलाडी एक/दुईओटा क्लबमा मात्र थुप्रिँदा अन्य क्लबलाई मर्का परेको छ । यस समस्यामा एन्फाले ध्यान दिनुपर्छ । सरकार र एन्फाको काम देशमा फूटबलमय वातावरण बनाउने र पूर्वाधार बनाइदिने पनि हो ।

Comments